हुलाकी न्यूज, जनकपुरधाम २८ चैत । नेपाल सदभावना पार्टीको आइतबार जनकपुरमा सम्पन्न महाधिवेशनबाट २३ पदाधिकारीसहित ५२ सदस्यीय केन्द्रीय कार्य समिति चयन भएको छ ।
पदाधिकारीमा चार जना उपाध्यक्ष छन् भने सात जना महासचिव रहेका छन् । त्यस्तै पार्टीका संसद डा.डिम्पल झा प्रवक्तामा निर्वाचित भएकी छन् भने आठ वटा सह–महासचिव रहेका छन् ।
त्यस्तै एक जना कोषाध्यक्ष र एक जना सहकोषाध्यक्ष रहेका छन् ।
बाँकी ३० जना केन्द्रीय सदस्यहरु छन् ।

थप समाचारका लागि क्लिक गर्नुहोस् ।



