ranjit-rayशैलेन्द्र क्रान्ति, जनकपुरधाम २८ चैत । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपाल–भारतबीचको खुल्ला सीमानाको फाईदा मधेशीहरुले लिनु पर्ने बताएका छन् । तर उनले खुल्ला सीनामा हुने गरेको अवैद्य क्रियाकलाप नियन्त्रण गर्न स्थानीय बासिन्दा र व्यापारीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

जनकपुरमा शनिवार नेपाल–भारत महिला मैत्री समाजको आयोजनामा भएको एक कार्यक्रममा राजदुत रायले सीमामा हुने तस्करी एवं अवैद्य क्रियाकलाप भए त्यस विरुद्ध नियन्त्रण गर्न स्थानीयहरुले दवाव सृजना गर्नु पर्ने बताए ।

खुल्ला सीमाको राम्रो फाईदा लिन र गलत फाईदाको विरोध गर्न सीमा क्षेत्रका बासिन्दाहरु यसप्रति गम्भीर एवं सचेत हुनुपर्ने राजदुत रायको भनाई छ ।

उनले नेपालका लागि भारतको हृदय मित्रताले भरिएको बताउँदै त्यसै कारण भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म नेपालको दुई पटक भ्रमण गरेको र विदेशमन्त्री सुसमा स्वराजले पाँच पटक भ्रमण गरेको उदाहरण दिए ।

स्थानीय मिथिलाञ्चल एफएमका अनुसार भारतले सबै नेपालीको साथ र सबैको विकास चाहेको उनको भनाई छ । उनले नेपालमा स्थायित्व र शान्ति आए मात्र नेपालको विकास सम्भव हुने बताए । हुलाकी राजमार्ग चाँडो निर्माण हुनेमा पनि राजदुत रायले विश्वास व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.