anil_jha
हुलाकी न्यूज, जनकपुरधाम २८ चैत । नेपाल सदभावना पार्टीको अध्यक्षमा निर्विरोध रुपमा अनिल झा निर्वाचित भएका छन् ।

तीन दिनदेखी जनकपुरधाममा जारी छैठौ महाधिवेशनबाट झा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि अध्यक्ष झाले आफुले नेपाल सदभावना पार्टीलाई मधेशको सबभन्दा ठूलो पार्टी बनाउने विश्वास व्यक्त गरे ।

कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेपालको राजनीतिमा पार्टीलाई उचाईमा पु¥याउने बताए ।

त्यस्तै महासचिवमा राजिव झा निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा रामनारायण यादव र यद्धुश साह निर्वाचित भएका छन् ।

थप जानकारी अहिले सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.