madhesh_janajati_aadibasi
हुलाकी न्यूज, काठमाडौं २७ चैत । मधेशी–आदिवासी–जनजातिहरुले संयुक्त रुपमा आन्दोलन गर्ने सहमति गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति सम्बद्ध दलहरु संयुक्त रुपमा आन्दोलन गर्ने सहमति शनिबार भएको छ ।

आन्दोलनरत सबै दलको एजेन्डा समान भएकोले संयुक्त रुपमा राज्य विरुद्ध निर्णायक आन्दोलन गर्ने सहमति भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच शनिवार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बृहत् छलफलबाट निर्णय गरिएको हो ।

‘राज्यको विभेदकारी नीति विरुद्ध हिमाल, पहाड र मधेश लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ’– बैठकपछि फोरम नेपालका अध्यक्ष्ँ यादवले भने । त्रुटिपूर्ण संविधान विरुद्ध संघर्षरत सबै पक्षको एजेन्डा र माग समान भएकोले राज्य विरुद्ध संयुक्त रुपमा उठ्नुको विकल्प नभएको अध्यक्ष्ँ यादवले बताए ।

गठबन्धनले राजधानीको सभागृहमा वैशाख ६ गते बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक नाराका साथ वरिष्ट राजनीतिज्ञ एवं बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने सो अन्तरक्रियाले आगामी आन्दोलनलाई दिशानिर्देश गर्ने बताइएको छ ।

Baithak-1 Baithak-2 Baithak-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.