Student_forum_1
हुलाकी न्यूज, काठमाडौं २७ चैत । मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)ले बैशाख महिना मै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनाव हुनु पर्ने निर्णय गरको छ ।

शनिबार काठमाडौंको तीनकुनेस्थित मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को केन्द्रीय कार्यालयमा बसेको विद्यार्थी फोरम लोकतान्त्रिकको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ,‘नेपालको नयाँ संविधान अनुसार समानुपातिक समावेशीताको आधारमा स्ववियुको निर्वाचन बैशाख महिला भित्रै हुनु पर्छ ।’

समानुपातिक समावेशी नभए चुनावमा नजाने चेतावनी पनि विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवले दिए ।

मातृ पार्टी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको प्रमुख आतिथ्य र विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष यादवको अध्यक्षतामा केन्द्रीय समिति बैठक भएको हो ।

उक्त बैठकले मधेशी मोर्चाको आन्दोलनलाई विरोध नगर्ने पनि निर्णय गरेको छ । उसले मधेशी–आदिवासी जनजातिको अधिकारका लागि बौद्धिक आन्दोलन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष यादवका अनुसार विद्यार्थी फोरम लोकतान्त्रिकले सार्क स्तरिय विद्यार्थी सम्मेलन गर्नेछ ।

Student_forum_democretic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.