Mahabir_chaudhry_photo
विश्वभरी छरिएर रहेका थारु–मधेशीहरुको छाता संगठन थारु अराउण्ड द वल्डका अध्यक्ष एवं थारु अगुवा महाबीर चौधरीसहितको टोली अहिले प्रभावित थारु बस्तीहरुको अनुगमन गर्दैछ । टिकापुर घटना भएको छ महिनाभन्दा बढी भएपनि त्यहाँको अवस्था अहिले पनि क्रासपूर्ण रहेको र कुनै बेला हिंसात्मक घटना हुन सक्ने चौधरीको आंकलन रहेको छ । थारुहरुमाथि अहिले पनि निरन्रत राज्य पक्षबाट दमन भइरहेको चौधरीले बताए । हुलाकी न्यूजसँग चौधरीले गरेको टेलिफोन अन्तर्वार्ताको संक्षिप्त अंश ।

टिकापुरसहित आसपासका क्षेत्रहरुको अवस्था अहिले कस्तो छ ?

– यस क्षेत्रको अवस्था अहिले पनि गम्भीर छ । त्रासपूर्ण वातावरणमा थारुहरु बाँची रहेका छन् । थारुहरु भित्रभित्रै गुम्सिएका छन् । कुनै बेला टिकापुर र थरुहट विस्फोट हुन सक्छ । टिकापुर घटनाभन्दा पनि ठूलो हिंसात्मक विस्फोट हुन सक्छ ।

मावन अधिकारको दृष्टिकोणले थारुहरुले न्याय पाउने काम भएको छैन र त्यहाँ ?

– यहाँ कुनै मावन अधिकार नै छैन । यहाँका मानव अधिकारकर्मीहरु पनि आफै पीडित छन् । प्रहरीले मुचुल्कासमेत बनाइदिने गरेको छैन । अव भन्नुस् यहाँको मानव अधिकारको अवस्था कस्तो होला । क्षति विवरण बनाउँदा थारुहरुको क्षतिको विवारण पनि कम गरेर बनाउने गरेको छ । थारुहरु आफुहरुलाई मावन सरह व्यवहार नगरिएको महसुस गर्दैछन् ।

तपाईहरु अनुगमन गर्दै हुनुहुन्छ, त्यहाँ कति क्षति भएको छ ?

– अहिलेसम्म क्षतिको पूर्ण रिपोर्ट कतैबाट आएको छैन । भौतिक क्षति धेरै भएको छ । हामी संकलन गर्दैछौं । मानवीय क्षतिमा चाही गाउँघरमा थारु महिला–पुरुषहरुलाई कुटपिट गर्ने क्रम जारी छ । एक जनाको हत्या भएको कुरा सार्वजनिक भएको छ । विस्तृत आउन बाँकी छ ।

कसको हत्या भएको छ ?

– जोशीपुर ३ बन्जरिया कमैया बस्तीमा भदौ नौ गते सुरक्षाकर्मीहरुले दश जनाभन्दा बढीलाई कुटपिट गरेको छ । खुट्टामा डोरीले बाँधेर घिसार्दै लगेको छ । राती उनीहरु मरेको भन्दै प्रहरीले फालेर गएका थिए । विहान पानी परेपछि उनीहरुको होस खुलेछ ।

त्यसमा ड्राईभर भनिने साकीराम चौधरी मारिएको छ । उनलाई प्रहरीले कुटपिट गरी फालेको दुई दिन पछि उनको मृत्यु भएको छ । उनको गुपचुप दाहसंस्कार गरिएको छ । अन्यको पनि हत्या भएको हुन सक्ने आशंका गरेका छौं । अहिलेसम्म खुलेर भन्ने सक्ने अवस्था छैन ।

त्यसो भए राज्यको तर्फबाट दमन जारी छ ?

– सुरक्षा निकायमा थारुहरु छैन । प्रशासनमा पनि थारुहरु छैन । समग्रमा भन्नु पर्दा राज्यको अंगमै थारुहरु छैन । त्यसैले उनीहरुले आफ् मनमर्जी गर्दैछन् । अहिले पनि राज्य क्रुर भएर प्रस्तुत हुँदैछ टिकापुर र आसपासका थारुहरुमाथि ।

त्यसो भए राजनीतिक दल तथा नागरिक समाजहरुले के गर्नु पर्ने हुन्छ ?

– राजनीतिक दल र नागरिक समाजले यहाँको वातावरण सहज बनाउनमा सहयोग गर्नुपर्ने हुन्छ । समाधान छिटै निकाल्नु पर्ने हुन्छ । यस्तै रहयो भने राजनीतिक दलको कन्ट्रोलमा यहाँका थारुहरु रहने छैन । अस्ति पनि रेश्म चौधरीको घरमा छापा मारे । केही थारुहरुलाई कुटपिट गर्दै पक्राउ गरेर लगे ।

भदौ ८ गतेको घटनाले टिकापुरका थारु व्यापारीहरु आक्रोसित छन् । र निरन्तर प्रहरीले दमन जारी राखेको छ । त्यसैले कुनै पनि बेला टिकापुर घटना पुनः दोहरिन सक्छ । म राजनीतिक दल तथा नागरिक समाज र केन्द्रीय सरोकारबालाहरु सँग यहाँको वातावरण मिलाउनमा सहयोग गर्न आग्रह गर्दछु ।

1 COMMENT

  1. मेचि देखि महाकालि सम जब थारू ऐक हुदै तब सम थारू माथि दमन हुछ । Jay thawan ????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.