हुलाकी न्यूज, राजविराज २६ चैत । मधेशको पूर्वी जिल्ला झापामा विकासका लागि जनताहरु एक जुट हुने गरेको उदाहरण दिदै सिंचाई मन्त्री उमेश यादवले विकासका लागि सबै एक जुट हुनु पर्ने बताए ।
सप्तरीमा आयोजित एक धार्मिक कार्यक्रममा उनले विकासको सवालमा यो दल वा त्यो दल नहुन आग्रह गरे । उनले भने,‘सिचाईको अनुगमनमा झापा जाँदा त्यहाँका जनतामा विकासका नाममा जुन एकता देखे त्यो दखेर म छक्क परे । त्यहाँ सबै दल मिलेर विकासका लागि तयार भएको मैले पाए । एउटै योजना, एउटै विचार लिएर उहाँहरु आउनु भयो र म बाध्य भएर त्यहाँ २२ करोड पठाउनु पर्यो । तर सप्तरीमा त्यस्तो देखिएको छैन । सप्तरीमा पनि झापा जस्तै होस् भनि मैले चाहेको हुँ । विकासका नाममा राजनीतिक गर्नु हुँदैन, राजनीतिक गर्ने थुप्रै ठाउँहरु छन् त्यहाँ राजनीतिक गरौंला तर विकासका नाममा हामी सबै एक ठाउँमा आउ ।’
सखडामा २०७३ चैतमा हुने श्री श्री १००८ लक्ष्यचण्डी रुद्र महयज्ञका लागि शुक्रवार मन्त्री यादवबाट भूमि पूजा सम्पन्नपछि भएको साँस्कृतिक कार्यक्रममा आफ्नो धारणा मन्त्री यादवले राखेका थिए ।
यादवले छिन्नमस्ता भगवतीको दर्शन गर्न लाखौ अन्तरिक तथा भारत विहारका आन्तरिक पर्यटक आउने गरेको तर त्यसको उचित व्यवस्थापन नभएको कारण सखडाको विकास नभएको बताए । उनले भने,‘यहाँको कलासँस्कृति जोगाउने काम हामी सबैको हो । एकजना कुनै व्यक्तिले चाहेर पनि हुँदैन, यहाँसम्म कि कुनै मन्त्रीले पनि चाहेर हुँदैन सबैको इच्छा शक्ति हुनुपर्छ ।’



