हुलाकी न्यूज, काठमाडौं २६ चैत । मधेशमा आन्दोलन हुँदैन भन्नु मुर्खता हुने अधिवक्ता दिपेन्द्र झाले बताएका छन् । मधेशी समुदायलाई फेरी आन्दोलन हुन्छ भनेर प्रश्न गर्नु नै मजाक हुने झाको तर्फ रहेको छ ।
काठमाडौंबाट प्रसारित सगरमाथा टिभीको एक अन्तर्वार्तामा अधिवक्ता झाले भनेका छन्,‘छ महिनासम्म निरन्तर आन्दोलन गर्ने समुदायलाई फेरी आन्दोलन हुन्छ ? भनेर प्रश्न गर्नु नै जोक हुन्छ । संसार मै मधेशले इतिहास रचेको छ । दश वर्षमा मधेशीहरुले तीन–तीन पटक ठूलो आन्दोलन गरेका छन् । पछिल्लो छ महिना निरन्तर आन्दोलन गरेका छन् । पसलमा ताल्चा लगाएर भोको पेटले पनि आन्दोलन गरेका छन् । ’
अधिवक्ता झाले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बने पनि खासै फलदायी नहुने बताए । देउवाले थरुहटका विषयमा दिएको अभिव्यक्ति सम्झिन अधिवक्ता झाले आग्रह गरे ।
उनले अहिलेको सरकारलाई ढाल्न आवश्यक नरहेको, यो सरकार आफै ढल्नेतर्क पनि गरे । सगरमाथा टिभीले गरेको अन्तर्वातामाथि हेर्नुस् ।




Thank you so much..Dipendra g……….
राज्य ले मधेसी, थारु, जनजाति र दलित लाई हर क्षेत्र मा विभेद गरेकै छ / तैपनि, यीनीहरु मा राष्ट्रिय भावना देश हाँक्ने जातमा भन्दा बढीनै देखिन्छ / जब जब राष्ट्रिय सवाल उठ्छन, यीनीहरु ले आफुलाई अधिकार बाट बन्चित गरिराखेको वास्तविकता लाई समेत एक कुनामा थन्काएर राष्ट्रको रक्षाको लागि ज्यान दिन पनि तयार हुन्छन / पहिले थारु समाज ले आफुलाई पहाडी समाज नजिक ठान्ने गर्थे / तर सरकारले थरुहट आन्दोलन लाई निर्मम तरिकाले दबाउने प्रयाश गरे देखि यता उनीहरु ले आफु लाई मधेश र जनजाती को नजिक देख्न थालेका छन् / र उनीहरु संग मिलेर एकात्मक सोच अनुरुप सत्ता चलाउनेहरु विरुद्ध आन्दोलन गर्न ऐकेबद्धता जाहेर गरेरै मात्र आफ्नो गुमेको हक अधिकार पाउन सक्छन भन्ने मा बिश्वाश गर्न थालेका छन् /