हुलाकी न्यूज, काठमाडौं २७ भदौ । सद्भावना पार्टीका कार्यालय सचिव राजेश चौधरीलाई फोनमार्फत दिइएको धम्कीको छानविन गर्न पार्टीले माग गरेको छ ।

पार्टीका महासचिव मनिष सुमनद्धारा जारी गरिएको विज्ञप्तिमा एउटा मोबाईल नम्बरबाट कार्यालय सचिवलाई गालीगलौज तथा नेताहरुको ज्यान मार्ने धम्कीको भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा ९८६०४३५८९९ नम्बरबाट कार्यालय सचिवलाई फेसबुक स्ट्याट्सको विषय लिएर धम्की आएको जनाइएको छ । आन्दोलनको समयमा उछृंखल तत्वहरुबाट भएको यस्तो कार्यको छानविन तथा कारवाहीको माग विज्ञप्तिमार्फत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.