Yognarayanशैलेन्द्र क्रान्ति, जनकपुरधाम २६ चैत । सबैला हत्याकाण्डका मुख्य आरोपी एमालेका बैकल्पि पोलिटव्यूरो सदस्य योगनारयाण यादवसहित दुई जनालाई र्पूपक्षका लागि जेल चलान गरिएको छ ।

एक साताअघि काठमाण्डौ स्थित नेकपा एमाले पार्टी कार्यालयको अगाडीबाट पक्राउ परेका यादवको जिल्ला अदालत धनुषामा बयान र थुनछेक बसह भएको थियो ।

थुनछेक बहस पश्चात जिल्ला अदालतका न्यायधीश डा.सुरेन्द्रकुमार अचार्यको बेन्चले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । नेता यादवसँगै अर्का आरोपित दुर्गा प्रसाद साहलाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । दुवै जनालाई आजै सिरहा कारागार चलान गरिएको छ ।

गत २०७१ चैत ८ गते सबैला नगरपालिकाको श्रीमदन आश्रित निमाविमा विद्यालय व्यवस्थापन समितिको विवादमा स्थानीय रामसेव राउत र रामप्रकाश गडेरीको हत्या भएको थियो । उतm घटना पश्चात प्रहरीले एमाले नेता यादवलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतिया सम्बन्धी छुटा छुटै मुद्दा दायर गरेको थियो । एमाले नेता यादव हत्या पश्चात फरार थिए ।

एक हप्तासम्म कडा सुरक्षाबीच चलेको बयान एवं थुनछेक बहसमा वादी र प्रतिवादीतर्फबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायिहरुले बहस गरेका थिए । मिथिलाञ्चल एफएमबाट

2 COMMENTS

  1. bechara yadab lai lagthiyo emale afnai bau taho pahari dhaeni mero ama ko maal ho maile je gareni baule bachai halchha ta pahari bhane koi madhesi ko hit hunna bhanne kura sab madhesi lagayt madhes ka dalal haru le pani jani rakhya hunchha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.