हुलाकी न्यूज, जनकपुरधाम २६ चैत । मोटरसाईकल दुर्घटनामा घाईते भएको भनिएका युवालाई स्थानीय केही ब्यक्तिले मरनासन्न हुने गरी कुटपीट गरेको रहस्य खुलेको छ ।
बुधबार साँझ धनुषाको महेन्द्रनगरभन्दा एककिलोमिटर दक्षिण हरैयामा मोटरसाईकल दुर्घटनामा बिन्धी ७ का २४ वर्षिय रञ्जन कुमार झा गम्भीर घाईते भएको प्रहरीले जनाएकोमा युवालाई कुटपीट गरी हत्याको प्रयास गरिएको रहस्य खुलेको हो ।
प्रहरीले नै सडक छेउमा बेहोस अवस्थामा फालिएका झालाई रमदैया मेडिकल कलेजमा उपचारका लागि शैयामा छोडेर गएको थियो ।
मेडिकल कलेजको अस्पतालमा बेवारिसे छोडिएको रञ्जन झाका आफन्तले जानकारी पाएपछि थप उपचारको क्रममा जनकपुर ल्याएको र जनकपुरमा समेत उपचार सम्भव नभएपछि बिहीबार साँझ काठमाण्डौ लगेको हो ।
बा ५१ प १२४७ नम्बरको मोटरसाईकल चढी महेन्द्रनगरस्थित आफ्नै फ्याक्ट्रीबाट फर्किदै गर्दै झालाई साइकलमा ठक्कर दिएको निहुँमा हरैयाका राकेश राउत र विवेक राउतले फोन गरेर युवाहरुलाई बोलाई मरनासन्न हुने गरी कुटपीट गरेको सघन उपचारपछि होसमा आएका झाले जनाएका हुन् ।
दुईवटा पल्सर मोटरसाइकलमा आएका पाँचजनाको समूहले फलामको रड र फाइटले जथाभावी हिर्काएको उपचारार्थ झाले बताए । राउतद्वय समान्य घाईते रहेकोमा प्रहरीले दुर्घटना भएको हुनसक्ने भन्दै घटना सम्बन्धमा कुनै अनुसन्धान गरेको छैन् ।
झासँगै रहेको मोबाइल र नगदसहितका अन्य कागजात समेत लुटिएको पीडित पक्षले जनाएको छ । अनुहार र हातमा फलामको रडले हानिएको झाको काठमाण्डौस्थित बिरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना गराईएको छ ।
उपचारमा संलग्न चिकित्सक डाक्टर सरोज श्रेष्ठले घरेलु हतियार र मुक्काले अनुहारमा गम्भिर चोटपटक लागेको प्रष्ट्याएका छन् । श्रेष्ठले ‘एक्सीडेन्टल’ घाइते प्रकृतिको चोटपटकको लक्षण नरहेको जनाए ।
घटना हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक लक्ष्मण सिंह ठकुरीले झा दुर्घटनामा परेर घाईते भएको बताएका थिए । घटनास्थल इप्रका महेन्द्रनगरभन्दा मात्र एककिलोमिटरको दूरीमा रहेको छ ।




Tyo gaau ka haru pashu nai xan.. karbaahi garnai parx… kutai ko badala kutai ra paisha jaribaana garnu parx..