
हुलाकी न्यूज, जनकपुरधाम २६ चैत । नेपाल सदभावना पार्टीको छैठौं महाधिवेशन आजबाट सुरु भएको छ ।
जनकपुरधामको माडवाडी सेवा समितिमा दिउँसोबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा हजारौंको सहभागिता रहेको पार्टीले जनाएको छ ।
चैत २८ गतेसम्म चल्ने तीन दिवसीय महाधिवेशनमा मधेशका सम्पूर्ण जिल्लाहरुबाट प्रतिनिधिहरु सहभागी रहेका छन् ।
उद्घाटन सत्रमा मधेश आन्दोलनका सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै आन्दोलनका खाका पनि आउने पार्टीले जनाएको छ ।




