Nepali_congress
हुलाकी न्यूज, काठमाडौं २६ चैत । नेपाली काँग्रेस संसदीय दलको कार्य समिति मात्र चार जना मधेशी परेका छन् ।

मधेशीको आरक्षित ३ सिट र प्रदेश नम्बर दुईबाट एक जना गरी चार जना मधेशी परेका छन् ।  कुल २१ जना सदस्यका लागि भएको निर्वाचनमा मात्र ४ जना मधेशी निर्वाचित भएका हुन् ।

प्रदेश नम्बर दुईबाट धनुषा क्षेत्र नम्बर ६ का सांसद प्रेमकिशोर साह सदस्य निर्वाचित भएका छन् भने मधेशी पुरुषतर्फ रामअयोध्या यादव र मधेशी महिलाहरुतर्फ प्रमिलादेवी दास र रश्मी ठाकुर विजय भएका छन् ।

निर्वाचित काँग्रेसका संसदीय समितिमा मधेशीहरु २० प्रतिशतभन्दा पनि कम परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.