
रंजन भण्डारी, जलेश्वर २६ चैत । मैथिल पाग लगाएर महोत्तरीको एक गासिवलाई खुल्ला दिसामुक्त घोषण गरिएको छ । मधेश आन्दोलन स्थगित भएको मौकामा महोत्तरीका गाविसहरुलाई खुलला दिसामुक्त गाविस घोषणा गरिदैछ । लामो समयसम्म महोत्तरीबासीहरुबाट त्रसित रहेको स्थानीय प्रशासन गाउँमा मैथिल पाग लगाएर खुल्ला दिसामुक्त गाविस घोषणा गरेको हो ।
विहीबार मात्रै स्थानीय प्रशासन, नागरिक समाज तथा सरोकारवालाहरुले लामो समय पछि गैढाभेटपुर गाविसलाई खुल्ला दिसामुक्त घोषणा गराएका छन् ।
गाविस सचिव रामकेवल साहको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रजिअ स्वयम्ले गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरे ।
रतौली युवा क्लवको सहकार्यमा ८०८ घरधुरी रहेको सो गाविसका सवै जनासंग शौचालय भएपछि गाविस खुल्ला दिसामुक्त गर्न योग्य रहेको भनी जिल्ला खानेपानी,स्वास्थ्य तथा सरसफाई समिति डिवास सिसिले अनुमति दिएपछि गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।
हालसम्मपनि शौचालय बनाउन नसकेका २१५ घरधुरी अति विपन्न तथा शौचालय बनाउन जग्गासमेत नरहेकोले उनीहरुको लागि प्रत्येक वडामा शौचालय तथा चापाकलको व्यवस्था गरिदिनसमेत सो कार्यक्रममा सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ ।



