Madhav_nepal
शिव पुरी, रौतहट २५ चैत्र –
पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल बिहीबार सुटुक्क सदरमुकाम गौरस्थित आफ्नो घर पुगेका छन् । उनी आफ्ना कार्यकर्ता माझपनि हल्ला नचलाई गौर पुगेका हुन् । उनी आएको विषयलाई सुरक्षाकर्मीले सर्वोच्च अदालतका एकजना न्यायाधीश गौर आएको प्रचारित गरेका थिए ।

मधेसी मोर्चाका कार्यकर्ताले बिरोध गर्न सक्ने भन्दै नेपालले आफ्नो गौर भ्रमणलाई गोप्य बनाएका हुन् । उनले आफ्नै निवासमा समिति कार्यकर्ताहरुसँग भेटघाट गरेर फर्किएका हुन् । मोर्चाको बिरोधका कारण उनी ७ महिना यता आफू जितेको निर्वाचन क्षेत्र र आफ्नो घर पुग्न सकेका थिएनन् । उनी चन्द्रनिगापुर र त्यस वरिपरी नै आफ्नो कार्यक्रम सकेर फर्किन्थे । आन्दोलनका बेला उनको घरमा पनि मोर्चा कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

चन्द्रनिगाहपुर फर्किएर नेपालले भने ‘मैले गौरमै कार्यकर्ता भेला गरेर आएको हुँ । कुनै मोर्चाका कार्यकर्ता नेताले अबरोध गरेनन् ।’ उनी गौर पुग्न सकेकोमा कार्यकर्ता माँझ निकै खुशी देखीएका थिए । होटल अल्पाईन बसेका नेपालले आफ्ना गाउँक्षेत्र र जिल्ला तहका नेता सित भेटघाट गरेका थिए । उनको सुरक्षार्थ राजमार्गमा बाक्लो सुरक्षाकर्मि परिचालन गरेको थियो ।
यता मोर्चाका नेता अनिल सिहले नेता नेपाल गौर आएको खवर पाए लगत्तै मोर्चा कार्यकर्ताले मोटरसाईकलबाट पिछा गरी कालो झण्डा देखाएर धपाएको दावी गरेका छन् । सिंहको उक्त दावीलाई नेपालले सरार झुठ भनेका छन् । ‘कार्यकर्ता भेला गरेर म बिना रोकतोक सदरमुकामबाट फर्केको हु,’ नेपालले भने, ‘कसैले झण्डा वा बिरोध गरेको छैन् ।’

प्रहरी स्रोतका अनुसार गौर जानेक्रममा बाटोमा कसैले सोधेको खण्डमा सर्बोच्च अदालतका न्यायधिशको सवारी भन्नु भन्ने आदेश थियो ।

कान्तिपुर अनलाईनबाट

1 COMMENT

  1. अरु बिकल्प पनि त छैन लुकिछिपि गर्न शिवाय।
    पहिचान बिरोधिलाई छोड्नेकुरानि भएन नि ॥

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.