उप.प्रा. बिरेन्द्र कुमार झा

तत्कालिन माओबादी पार्टी भूमिगत अवस्थामा छंदा विजय पाण्डेयको कार्यक्रम दिशानिर्देशमा प्रदिप गिरिले जिकिर गर्नुभएको कुरा अहिले शतप्रतिशत मिल्दा उहाँप्रतिको मेरो आदर दुइगुना भएको छ । प्रदिप गिरीले भान्नुभएको थियो कि हुनसक्छ राजतन्त्र गएपछिको अवस्था अहिलेको भन्दा अत्यन्तै भयाबह हुनसक्छ जसको कसैले परिकल्पनासम्म गर्न सकिरहेको छैन र अर्को कुरा ब्यक्त गर्नु भएको थियो कि माओबादीले ताप र राप दिएको छ प्रकाश दिन सकेको छैन । मलाई लाग्छा आजको नेपालको दसा हेर्दा प्रदिप गिरिले उहिले गर्नु भएको भबिष्यबानीप्रति कसैको बिमति होला ।

हो, यसलाई कसैले नकार्न सक्दैन कि नेपाल अहिले जुन युगान्तकारी परिवर्तनको मोडमा छ त्यसमा माओबादीको १० बर्षे जनयुद्दले एक प्रमुख भूमिका निर्वाह गरेको छ र साथसाथै त्यस अवधीमा विभिन्न समुदायहरुलाई मुक्तिका नाममा देखाएका दिवा स्वनहरु आज देशकालागी अभिसाप साबित भैरहेको छ । सत्यलाई पनि नकार्न सकिदैन । संबिधानसभाको पहिलो सभाबाट नै देश गणतन्त्र भएको घोषणा गरियो तत्पश्चयात ब्याकुल माइलाद्वारा श्रिजित गित राष्ट्रिय गीतको हैसियत पायो । राष्ट्रिय गीतको पहिलो पंगतीमै लिखीएको छ ‘सैयो थुँगा फूलका हामी एउटा माला नेपाली’ ।

निश्छल हृदय भएको स्वक्ष पंगतीकारद्वारा प्रस्फुटित भाएको यस राष्ट्रिय गीतको पहिलो पंगतीले नेपाल रास्ट्रलाई एकताको सुत्रमा शब्दले बाँधन सफल भएकोछ । फुल अलग अलग भए पनि त्यसको आआफ्नै सुन्दरता हुन्छन तर विभिन्न जातका फूलहरु उनेर बनाएको मालाको एउटा छुट्टै विशेषता र गरिमा हुन्छन् । मैले यसको जिक्र यहाँ गर्नुको तात्पर्य यो हो कि के यस देशमा रहेका विभिन्न जातजातिको फूलहरुलाई उनेर एउटा अनुपम मालाको रुप दिन हामी यथार्थमा सफल भएका छौ त ? मेरो बिचारमा यो सम्पूर्ण नेपालीको लागी एउटा यक्ष प्रश्न हो ।

आज आफु एउटा सचेत नागरिक भएको महसुस मलाई भैरहेको छ र सायद मेरो जीवनको सबभन्दा दुःखि क्षणमा आफुलाई पाइरहेको छु । स्वास्थ्यकर्मी भएको नाताले आज जनकपुरमा पाकेको फर्सि फुटाए झैँ तीन जना आन्दोलनकारीको टाउको सुरक्षाकर्मीको गोली लागि क्षतबिक्षत भएको प्रत्यक्ष देखेर विक्षिप्त छु । मेरो मन अनुत्तरित छ, किनभने उता जलेश्वरमा एकजना आन्दोलानकारीद्वारा निर्घात कुटपिट गरिएको सुरक्षाकर्मी उपचारकोलागी एम्बुलेन्समा लैजादा बाटोमै एम्बुलेन्समा आगो लगाई घायल सुरक्षाकर्मीको हत्या भएको खबर समेत सुनेकोछु । यदि जनकपुर, जलेश्वर नेपालमै हो र ति मारिएको सुरक्षाकर्मी नेपाली नै हो भन्ने यस किसिमको एक अर्का प्रतिको रोषले के संकेत गर्छ ? पक्कै पनि अनिष्ट बाहेक केहि पनि हुन सक्दैन ।

बिगत केहि महिनादेखि बाकयुद्धबाट शुरु भएको शृंखला हत्या हिंशामा परिणत भएको १ महिना पुगी सक्दासमेत यसको चिरकालीन निकासको लागि कतैबाट पहल नहुनु मेरो लागि अर्को छटपटीको बिषय बनेको छ । सबै पत्रपत्रिका, टेलिभिजनमा विद्वानहरुले मधेशका मुद्दा राजनीतिक हो यसलाई राजनीतिक सम्बोधन गर्नुपर्छ भनिरहँदासमेत राजनीतिज्ञहरुको ध्यानाकर्षण नभइ टाउको ताकेर गोली हान्न झन् प्रोत्साहन गर्नुलाई कदापी जिम्मेबार कदम मान्न सकिदैन । अहिले आफ्नो मनको भावना लेखिरहदा हरेक क्षण पाको पत्रकार विजय पाण्डेयले अधिबक्ता दिपेन्द्र झा जीलाई दिनुभएको अर्तिको हेक्का राख्दै संयमित छु कि यसमा कुनै किसिमको अतिरन्जित अभिव्यक्ति न अभिव्यक्त भैजायोस । म एउटा सामान्य नागरिक यति सम्बेदनशील छु र आफ्नो जिम्मेबारी बहन गर्न सबै भन्दा गतिशील मानिने मनलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहँदा यस रास्ट्रका प्रमुख जिम्मेबार व्यक्तिहरुबाट निरन्तर आइरहेको मधेशप्रतिको अभिव्यक्तिहरुलाई विजयले कुन श्रेणीमा राख्नु भइरहेको होला ।

विजय पाण्डेयले आफ्नो पछिल्लो लेखमा पहाडिया बाहुनहरूले खाडी मुलुकमा भोगिरहेका व्यथितिलाई चित्रण गर्दै नेपाल रास्ट्रको राजनीतिज्ञहरुको अक्रमन्यता प्रस्ट्याउने प्रयास गर्नु हुदै मधेशी मात्र नभई समग्र देशमा नै समस्या र बेथिती रहेको उल्लेख गर्नु भएको छ । विजय नेपाली युबाहरुको लागि खाडी मुलुक जानु नेपालको साझा समस्या हो तर विचारणीय योग्य कुरा क छ भने नेपाली राहदानी मै गएको एउटा मधेशको युवा त्यहाँ खाडी मुलुकको नेपालीहरुको झुण्डमा पनि आफुलाई नेपाली कम र मधेशी बढी भएको अनुभव गरिरहेको छन्, जुन एउटा तितो सत्य हो । विदेश जाने मधेशी युबाहरुको दुर्दशा त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नै उत्कर्षमा पुगी सकेको हुन्छ ।

बि.सं. २०५२ मा म अस्कलमा अध्यनरत छंदा दशैं मनाउन घर फर्कने क्रममा अस्कलमै अध्यनरत एउटी नेवारी केटी साथीले मलाई भारतीय ठानेर आग्रह गरेका थिइन्, बिरेन्द्र तिमी उताबाट फर्किदा केहि कस्मेटिक सामानहरु ल्याइदिनु, यहाँ काठमांडूमा डुप्लिकेट मात्र पाईन्छ रे । डुप्लिकेट कस्मेटिकसंग डराउने साथीलाई यतिसम्म जानकारी थिएन कि उसले एकजना नेपाली नागरिकलाई डुप्लिकेट नागरिक सम्झिरहेकि थिईन ।

मैले उनलाई सम्झाउने कोसिस त गरेको थिए कि म पनि तराईको सिरहामा बास गर्ने एउटा नेपाली नै हो, तर अझै विश्वास छैन उनले त्यो सच्चाई आत्मसात गर्न सकिन होला भनेर । मेरो १० बर्षे काठमाडौँदेखि ३ बर्षे भारत र ३ वर्षे थाइलेडंको बसाईमा थुप्रै पहाडिया सथिहरुसँग अन्तरंग मित्रताको सम्बन्ध रहिआएकोछ । अहिले आफ्नोआत्माको यथार्थ चित्रण गर्दा मैले भन्नुपर्ने हुन्छ कि उच्च शिक्षा हासिल गरेका, देश विदेश घुमेका र दुनियाँ जानेका ति मेरा आत्मीय साथिहरुमा समेत म ब्यक्तिप्रति नभए पनि समग्र मधेशीप्रति एक किसिमको मनमा द्वेषपूर्ण विभेद रहेको अनुभव गरेको छु, जसको कारण मैले बुझ्न सकेको छैन ।

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन जी मलाई बिर्सीसक्नु भएहोला, उनि त्रिचन्द्रमा पढ्दा स्व.बि.यु.को सायद त्यतिबेला सदस्य पदमा हुनुहुन्थ्यो, उहाँसंग कहिले कहिँ बातचित भैरहन्थियो । उनको राजनितिक तथा व्यक्तिगत प्रगति हेरेर सुनेर खुशीको अनुभूति हुन्छ । तर उनीसँग आज मेरो गम्भीर गुनासो के छ भने नेपाल को सम्पूर्ण युबाहरुको प्रतिनिधित्व गर्ने हैसियत बनिसकेका गगन पनि कता कता पहाडिया र मधेशिया गोत्रको ओझेलमा परेको पाईराख्दा अचम्भित छु । राज्यले पेशाबर गुन्डा घैटेलाई मुठभेढमा मारिएको प्रमाण दिदा दिदै उनको इन्साफको लागि उनि हरेक निकाय, मानवाधिकारकर्मी देखि अन्तर्रष्ट्रिय निकायसम्म आवाज उठाउने महान अभियानमा लाग्ने गगन जीको तराई मधेशमा १ महिनादेखि चलिरहेको निर्संग्स हत्या र तथाकथित राज्य आतंकप्रति ध्यानाकर्षण नहुन निश्चय नै खेदपूर्ण रहेको छ ।

कुनै पनि राष्ट्रको परिभाषा भूगोल मात्रले पुरा हुँदैन, त्यस भूगोलमा रहेको जनसंख्याको पनि उत्तिकै महत्व हुन्छन । मधेश र मधेशीप्रति सदियौंदेखि शासकहरुद्वारा विभेद हुँदै आइरहेको सत्यलाई ६२ र ६३ को मधेश जनविद्रोहले प्रमाणित गरिसकेको छ, जसको अव्वल प्रमाण तत्कालिन प्रधामन्त्री गिरिजाप्रसाद कोइराला र आन्दोलनरत मधेशी दलहरुबीच भएको सम्झौता हो । यथार्थ बुझेर बुझ पचाउनु पनि अन्याय नै मानिन्छ । सत्तासिनदेखि निकट भबिस्यमा सत्ताशिन हुन् आतुर रहेका सबै राजनीतिज्ञले हाल जारी मधेश आन्दोलनको मांग र मर्म बुझेर पनि अबुझ बनिरहेका छन् । चित्र बहादुर केसीजस्ता पाका रास्ट्रप्रेमी नेताले मधेशी जनतालाई विखण्डनकारीभन्दा उनको अन्तरनिहित नाश्लबाद छर्लंग हुन्छ । यदि मधेशी जनता बिखण्डन चाहन्छन् भने दसकौदेखि जय कृष्ण गोइत जीले उठाउँदै आएका नारा पछी मधेशी जनता लागेका देखिन्थे, हालमा आएका सीके राउतको पछी लागेका हुन्थे ।

दुष्प्रचारले दुष्परिणाम मात्र निम्त्याउछ भन्ने यथार्थलाई आत्मसात गर्दै जनआन्दोलनमा परिणत भैसकेको मधेश आन्दोलनलाई यथाशीघ्र राजनीतिक निकासको पहल नगरिए देश अझै गम्भीर अकल्पनीय भयाबह स्थितिमा जाने सुनिस्चित छ । राज्यले गरेको सम्झौता कार्यन्वयन नगर्नु राज्यको बेइमानी हो । बन्दुकको नोख अगाडि आआफ्नो आवाजको बलले स्थापित भएका नेता त राजनीतिक पार्टीहरुको बन्दुककै बलमा आवाज दबाउने अभ्यास गर्नु मूर्खतापूर्ण निर्णय हो । हाल जारी मधेश आन्दोलनको मर्म बिगतमा भएको राज्यसंगको सम्झौता नयाँ निर्माणाधीन संबिधानमा सम्बोधन गरि मधेश र मधेशप्रति बेभेद आन्त गराउनु हो ।

हाम्रा आराध्यदेव श्री पशुपतिनाथ, माता जनाकीलगायत विश्वलाई आफ्नो उपदेश मनाउन सफल भएको यसै धर्तिको पुत्र गौतम बुद्धले सबै नेपाली दाजुभइ, दिदीबहिनीलगायत संबेदनशील अवस्थामा देश संचालनका जिम्मेबारी बहन गरिरहेका नेताहरुलाई एकचोटी ब्याकुल माहिलाद्वारा रचित रास्ट्रगानको पहिलो पंगतीको शाब्दिक अर्थ मनन गर्न प्रेरणा प्रदान गराईदिउन । अहिलेको चुनौतिहरुको पहाड सामुन्ने विभिन्न अवसरहरु पनि छन् । यही मौकाहो मानसिकरुपमा क्षतविक्षत भएका सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने । नीजि स्वार्थभन्दा माथि उठेर राष्ट्र स्वार्थका लागी आआफ्नो भवनको दयारा फराकिलो पारी सम्पूर्ण नेपालीको अनुहारदेखिने र बराबरको सम्मान अनुभव गर्न पाउने गरि समुचित संविधान जारी गर्नु अहिलेको निर्विकल्प आबश्यकता हो ।

नेपाल आमाको विभिन्न समुदाय र संस्कृतिहरुलाई सदभाव र मायाको धागोमा उनेर नयाँ नेपाल नामको अनुपम माला बनाएर ब्याकुल माइलाद्वारा रचित राष्ट्र गानको पहिलो पंगतीको शाब्दिक अर्थलाई यथार्थमा कार्यन्वयन होस् ।

[email protected]

6 COMMENTS

  1. birendra dai le lekheko lekh ekdum marmik chha jun kura ahile kathmandu ma bhogi raheka chhau,birendra dai sangai 2 barsh dehradun thiye.

  2. तपाईं को लेख मर्म स्पर्शी छ !!! म एक पहाडी को छोरो हुँ र पनि न्याय को सिद्दान्त बुझ्दछु ! जुन हिसाबले संबिधान आउन लागेको छ त्यो अप्रिय लाग्ने खालको छ ! हिंसाले उग्र रुप लियो भने तेस्ले मधेश मात्रै होइन देश को कहाँ कहाँ आगो लाग्ने हो थाहा छैन ! फेरी मधेश को माग पूरा गर्ने नसकिने खालको पनि छैन ! र पनि तिन दलको हतार बुझिनसक्नु को छ ! ……यसै हो भनेर भन्न त सक्दिन तर प्रचन्ड आतिएको देख्दा मधेशको आन्दोलन भन्दा पनि सार्वभौमिकता गम्भीर संकट र षड्यन्त्रमा परेकै जस्तो छ ! त्यो खतरा भन्दा मधेश को खतरा कम भएको अनुमान गरेरै सबै भैराखेको मेरो बुझाई छ ! संबिधान संसोधन गर्न मिलिहल्छ दाइ आशा गरौ मधेशको माग तेसरी भएपनि पक्कै समेटिन्छ !!

    • Yapai ko bichar ma sat partishat dahamat xu.jasle aja ko mag uthayera das barsa samma jangale ko bas gare aja tyaslai xofera sambidhan ma dyan kina diye hola samjhada afai lai achamba lagxa tara tapai le bhane jastai auta bachcha siriyas birami bhayo bhandaima ama nai marna lagin bhane amalai ta pahila bachaunu paryo ni bachcha ko upachar hudai xa hune thau xa ama bache paxi sabai lagauna dactor dhami jaisi mata k k launejaha bata niko hunxa tyaha bata garau hunna.ama pani marin bachcha pani maryo antim k ta bhanda nisantan.

    • धन्यवाद, मेरो लेख ध्यान दिएर पढेर कमेन्ट गरिदिएकोमा……मलाई लाग्छ देश अब गम्भीर अवस्थामा बल्ल प्रवेश गरेको छ……किनभने शिर्ष नेताहरुले जसरि थारु,मधेशिलाई पेलेर लाने कोसिस गरेको छ एसले मानोबिज्ञानमा नराम्रो सम्म प्रभाव परेको छ…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.