
हुलाकी न्यूज, काठमाडौं २५ चैत । विश्वभरी छरिएर रहेका मधेशी–थारुहरुको छाता संगठन गैर आवासीय मधेशी संघले मधेश आन्दोलनका पीडित परिवारहरुलाई राहत वितरण कार्य जारी राखेको छ ।
संघले अव आन्दोलनमा सहिद भएका तथा घाइते भएका परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने जनाएको छ ।
संघका यूएइ संयोजक डा.रविन्द्र कुमार यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै अहिलेसम्म पाँच जना सहिद परिवारलाई जनही १० हजारको दरले सहयोग गरिएको बताए ।
डा.यादवले अव सहिद तथा घाइते परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने तयारी भइरहेको बताए । उनले त्यस्ता बालबालिकाको पहिचान गरेर जानकारी उपलब्ध गराईदिन आग्रहसमेत गरे ।
गैर आवासीय मधेशी संघ र मधेशी समाज यूएईले संयुक्त रुपमा राहत वितरण गर्दै आएको छ । डा.यादवका अनुसार अगामी दिनमा पनि संयुक्त रुपमा मधेशका लागि कार्यक्रमहरु ल्याइनेछ ।
हालसम्म संघ र समाज यूएइले बारा कलैयाका शहीद हिफाजÞत मियाँ, सर्लाही हरिपुरका शहीद राधिका देवी, महोत्तरीका शहीद राम बिबेक यादव, सप्तरीका शहीद बीरेन्द्र राम, मोरंग डाईनियाका शहीद शिबू माझीका परिवारलाई राहत प्रदान गरेको छ ।
दुबईमा होलीको अवसरमा अभिनेतृ डोली सरकार र गायक देवेन्द्र सोनीको उपस्थितिमा भएको कार्यक्रमबाट संकलित रकमले राहत वितरण हुँदै आएको छ ।




absolutely right…proud of u