Binay_panjiyar
स्वतन्त्र मधेश गठबन्धनमा सक्रिय डा.विनय पंजियार आफ्नो जिल्लाका एसएलसी टपर हुन् भने जनकपुर अञ्चलभरीमा दोस्रो स्थान ल्याएका हुन् । हाल उनी चिकित्सा पेसामा आवद्धछन् । आफु बारे मिडियामा भ्रामक सामाग्री आएको र स्वतन्त्र मधेश गठबन्धनलाई असर गर्ने खसवादी मिडियाले प्रपोगाण्डा गरेको डा.विनयको ठम्याई रहेको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै आफु स्वतन्त्र मधेशका लागि निरन्तर लड्ने र संयोजक डा.सीके राउतको विकल्प नरहेको प्रष्ट्याए । फोनमार्फत डा.विनयले हुलाकी न्यूजसँग गरेको कुराकानीको संक्षिप्त अंश ।

अहिले विवादमा आउनुको कारण के हो ?

– खसवादी मिडियाले मधेशीहरुलाई सँधै विवादित बनाउँदै आएको छ । त्यसैको एउटा कडी हो यो । म अहिले पनि आफ्नो संगठन र मुद्दाप्रति अडिगछु ।

तपाई स्वतन्त्र मधेश पक्षधर नै हो कि ?

– म अहिले पनि स्वतन्त्र मधेश गठबन्धनमा सक्रिय छु । र, मधेशको स्वतन्त्रताका लागि संघर्ष गरिरहनेछु ।

मधेश स्वतन्त्र भए मधेशको समस्या समाधान होला र ?

– स्वतन्त्रता बाहेक अन्य कुनै उपाय नै छैन । मधेशको विकास वा सम्बृद्धि सबै कुरा स्वतन्त्रतामा निर्भर छ । म पहिले स्वतन्त्रतामा विश्वास गर्ने भएकोले सबभन्दा पहिले स्वतन्त्रताको कुरा गर्छु त्यसपछि तपशिलका कुरा ।

अनी डा.सीके राउतका बारे नि ?

– म पुनः त्यही कुरा दोह¥याउन छु । मधेशमा अहिले डा.सीके राउतको विकल्प छैन । अहिले मधेशीको एक मात्र नेता डा.सीके राउत हो । उसले नै मधेशलाई स्वतन्त्र गराउनेछ । हामीले उहाँलाई सहयोग गर्दै आएका छौं र गरिरहने छौं । उहाँको पक्षमा सर्वसाधारण होमिदै गएको छ ।

अहिले त मधेशमा संघीयता पक्षधरको बहुमत छ नि ?

– त्यो देखिएको मात्र हो । अहिले जनमत संग्रह होस् आफै सबै कुरा बाहिर आउने छ । म फेरी पनि भन्छु संघीयताले मधेशको समस्या समाधान गर्दैन । स्वतन्त्रता मात्र एक उपाय हो ।

अनी स्वतन्त्रता पक्षधरलाई राज्यले राष्ट्रद्रोही भन्दै पेल्दैछ नि ?

– राज्यले जति पेल्छ, स्वतन्त्रता पक्षधर त्यती नै दिनप्रतिदिन बढ्दै जानेछ । अहिले मधेशको चिया पसलदेखि प्राथमिक विद्यालयसम्म स्वतन्त्र मधेश र डा.सीके राउतको चर्चा हुँदैछ । राज्यले हामीलाई पेल्दै जाँदा हामी झन् बलियो हुँदै गएका छौं ।

अन्तिममा, तपाई फोरम नेपाल र फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनमा पनि सक्रिय हुनु हुन्छ नि ?

– विल्कुल गलत हो । फोरम नेपाल र फोरम लोकतान्त्रिक बालाले आमणन्त्रित गरेर बोलाउने गरेको छ । म संघीयता पक्षधर कुनै पनि पार्टी वा संगठनमा छैन । मलाई बदनाम गराउन यस्ता कुराहरु आउँदैछ । म स्वतन्त्र मधेश गठबन्धनमै सक्रिय छु ।

3 COMMENTS

  1. ऋषिशेष उवाच:

    “नेपाल गरीब होईन, हाम्रो मानसिकता दरिद्र हो ।”

    प्रकृतिले उपहार स्वरूप सबथोक दिएकै छ । सम्पदा र जनशक्ति….. त्यसको समुचित उपभोग र उपयोग गर्न जाने यो देशको कायापलट हुनेथ्यो ।
    ४० लाख भन्दा बढी युवा जनशक्ति विदेशमा श्रम बेच्नुको साटो नेपालमा श्रम गरे विकास हुन बेर लाग्दैन । तर त्यो वातवरण मिलाउन सरकार नसकेकै हो ।
    दोष नेतालाई मात्र किन, हामी जनता पनि कहाँ कम्ता छौं र ! भोट दिँदा गधा जिताउने अनि घोडा जस्तो दौड लगाऊ भन्ने कसरी सम्भव होला ।
    हिमाल पहाड तराई तथा मधेश नेपाल आमा कै अंग हुन । अखण्डता तथा सद्भाव र सहिष्णुता हामी बिच रही रहोस् यहि छ कामना ।
    फुटेर होईन बरू जुटेर नेपालको मुहार फेर्न सकिन्छ !
    ओली सरकार असफल भो यसमा दुईमत छैन । तर नया सरकार गठन हुँदैमा वा यसलाई ढाल्दैमा समस्या समाधान होला भन्नै गाह्रो छ ।
    राजा फर्काउने हल्ला व्यापक छ । अनि फाल्यौ किन ?
    उता सिके को स्वतन्त्र मधेश अभियान…कति जायज वा गलत भविष्यले निर्धारण गर्ने नै छ ।
    नेपाली निमुखा कता जाओस् । कसको समर्थन गरोस् ? गणतन्त्र ल्याउन समर्थन गर्दा के के पाए र के कति गुमाए बल्ल महसुस गर्दैछन ।
    समग्रमा भन्नू पर्दा विभेद यहाँ भएकै हो । तर सम्बाद र सम्बोधनबाट समाधान खोज्नु नितान्त आबश्यक छ न कि विद्रोह गर्दै विखण्डन र अलगावबादलाई प्रश्रय दिने ।
    नेपाल हाम्रो राष्ट्रियता हो र मधेश तराई पहाड हिमाल क्षेत्रियता ।
    मिलेर बस्नुको मजा नै बेग्लै हुन्छ । विविधतामा एकता भए हामीलाई कुनै छिमेकीले आँखा देखाउन सक्दैन ।

    जय होस् देशको !
    हिमाल पहाड संगै
    तराई र मधेशको !!

  2. Sorry to say sir. Practical is much more better theory .instead of telling all those things please try do as practically .we all will support you. If you do so .we all tarai people gave full support to ck rauth as being a interpailer of madhesh.he tried his but there is no any change in madhesh.if your thought is .By doing those all things .you can developed your country then you may do so we are with you…,…..
    ……………,…………………………,……

    Thanks you…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.