Kailali_women
यी थारु महिला आफ्नो घरमा बसिरहेकी थिइन । सुरक्षाकर्मीले गाउँका पुरुषहरु भागाभाग भएको अवस्थामा ‘तिम्रो श्रीमान खोई’ भन्दै यि महिलालाई निर्घात कुटपिट गरेछ । यिनी महिनाबारी भएकी थिइन । प्रहरीको कुटाईबाट महिनाबारीको रगत यिनको लुगामा लाग्यो । प्रहरीले आन्दोलनमा गएकोले घाउ लागेको र त्यहीबाट रगत बगेको भन्दै झनै कुट्न थाले र लुगा खोल्न कर गरे । तस्बिर : बीपी साह (टिकापुरको अवस्था अहिले पनि समान्य हुन नसकेकोले विस्तृत जानकारी दिएका छैनौं )

हुलाकी न्यूज, काठमाडौं २४ चैत । टिकापुर घटनापछि थारु महिलाहरुमाथि प्रहरीद्वारा दुव्र्यवहार तथा अत्याधिक हिंसा भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

तराई मावन अधिकार रक्षक सञ्जालले बुधबार सार्वजनिक गरेको टिकापुर घटना सम्बन्धी प्रतिवेदनमा थारु महिलाहरुमाथि प्रहरीले बल प्रयोग गर्नुका साथै मध्यरातीमा पनि दुःख दिने गरेको उल्लेख गरिएको छ ।

टिकापुर घटनापछि राज्य पक्षबाट महिलाहरुमाथि दुव्र्यवहार हुनुका साथै महिला हिंसासमेत भएको र अहिलेसम्म पनि अवस्था भयवाह रहेको जनाइएको छ ।

सयौं थारुहरु पलायन

उक्त प्रतिवेदनका अनुसार टिकपुर घटनापछि सयौं थारुहरु पलायन भएका छन् । राज्य पक्षको त्रासले उनीहरु पलायन भएको जनाइएको छ ।

स्थानीय नेता, युवा तथा अधिकारकर्मीहरु पनि पलायनको अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै प्रतिवेदनमा टिकापुर घटनापछि थारुहरुको घरमा तोडफोड गर्ने र आगजनी गर्नेहरुमाथि कारवाही हुन नसकेको जनाइएको छ ।

त्यस्तै, थारु बस्तीको सुरक्षा गर्नेहरुमाथि पनि विभिन्न अरोप लगाउँदै आइएको छ । तिनीहरु पनि आफुलाई असुरक्षित महसुस गरेका छन् ।

थारुहरुको समस्यालाई हल गर्न अपील

तराई मावन अधिकार रक्षक सञ्जालले थारुहरु अहिले पनि डर–क्रासमा बाँचिरहेकाले उनीहरुको व्यवस्थापन गर्न अपील गरेको छ ।

उसले फोरम लोकतान्त्रिकका सरकारमा जाँदा सहमति गरेका बुँदाहरु कार्यन्वयन नभएकोप्रति ध्यानाकृष्टसमेत गराएको छ ।

थर्ड एलायन्सले थारुलाई शान्तिपूर्ण जीवनयापन गर्न दिनका लागि राज्यलाई दबाब दिन आवश्यक रहेको औल्याएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.