हुलाकी न्यूज, काठमाडौं २४ चैत । आन्दोलन स्थगित भएपछि निराश भएका मधेशी–थारुहरु अन्तर्राष्ट्रिय स्तरबाट समर्थन पाउँदा उत्साहित हुन थालेका छन् ।
तर मधेशलाई समर्थन बढ्दै जाँदा राज्य उग्र हुँदै गएको छ ।
पछिल्लो समय भारत र इयूले मधेशको समर्थनमा जारी गरेको संयुक्त विज्ञप्तिप्रति आक्रोसित बनेको नेपाल सरकारले कडा शब्दमा प्रतिवाद गरेको थियो ।
(इयू र भारतको संयुक्त विज्ञप्ति पढ्न क्लिक गर्नुहोस्)
EU-India summit: joint statement 2016
झनै त्यसको आक्रोसमा मंगलबार इयु(युरोपियन युनियन)का राजदुतहरुलाई बोलाएर सरकारले आक्रोस व्यक्त गरेको थियो ।
भारत–इयूको संयुक्त वक्तव्यको सरकारले विरोध गरिरहँदा इन्टर नेशनल क्राईसिस ग्रुपले पनि सरकारलाई झकझक्याउने रिपोर्ट सार्वजनिक गरेको छ । क्राईसिस ग्रुपको रिपोर्टमा आन्दोलनकारी शक्तिहरुको सहमति विना स्थानीय निकायको चुनाव गराए अनुदानहरु रोक्न दातृनिकायहरुलाई आग्रह गरेको छ ।
मधेशी–थारुको सहमति विना जारी भएको संविधानमा ५७ जना मारिएको भन्दै ग्रुपले सरकारले समस्याको समाधान नगरे नेपालमा हिंसा भड्किने चेतावनी पनि दिएको छ ।
(इन्टर नेशनल क्राईसिस ग्रुपको रिपोर्ट पढ्न क्लिक गर्नुहोस् )
Nepal’s Divisive New Constitution: An Existential Crisis
गु्रपको रिपोर्टले मधेशी–थारुको आन्दोलनको समर्थनमा तर्कहरु प्रस्तुत गरेपछि राज्य तर्सिएको हो ।
यता अन्तर्राष्ट्रिय मिडियाहरु पनि मधेशी–थारुका एजेण्डाहरुलाई अन्तर्राष्ट्रियकरणमा सहयोग गरेको छ । उनीहरुको रिपोर्टले पनि मधेशमा राज्यले दमन गरेको उल्लेख गरिएको छ ।

अल्जजिरामा सैफ खालिदले लेखेको एक रिपोर्टमा मधेशी–थारुहरु पहिचान र अधिकारको लागि लडिरहेको र राज्यबाट निरन्तर दमन भइरहेको उल्लेख गरिएको छ ।
रिपोर्टका सामाग्रीमा राज्यले आन्दोलनकारीहरुको माग पुरा नगरको खण्डमा अवस्था नाजुक हुन सक्ने औंल्याइएको छ ।
(अल्जजिराको रिपोर्ट पढ्न क्लिक गर्नुहोस् ।)
Nepal’s ethnic Madhesis fight for dignity and equality
यसैबीच अमेरिकन दुतावासको समाजिक सञ्जालमार्फत महिलाको नागरिकताको सवालमा नेपालको संविधान अनुचित रहेको बताएको छ ।
Cover Photo – aljazeera




Be careful Mr. K P Oli and chief leaders of Nepal. Don’t try to be more proudy and silly…..try to take all the peoples of nepal together in any kinds of rights or progress. Don’t ignore any community or state to provide their human rights otherwise the nation and government will be finish quickly.
I support u Dhawal g and keep it up ……..
ब्रह्मावाद र जातिवादी शासकीय अहंकारलाई हृदयबाट त्यागी व्यबहारमा उतार। सबै जातजातिलाई हामी नेपाली एकै हो, समान अधिकार छ भन्ने महसुस गराई साथै लिएर अघि बढ शासक।
जुन दिन नेपाल बाट राजतन्त्र गयो मलाई आफू नेपाली हु भन्न पनि घृणा लाग्छ मानौ मेरो सुन्दर ,शान्त र बिशाल देश नेपाल अब नेपाल रहेन ।
THIK BHANU BHAYEKO ..
Due to K.P Oli we are not gettin peace in our country bcz he the person who irratate with Madhesi . ……… I want to ask with oli Madheshi are not Neplase or what ????????