हुलाकी न्यूज, काठमाडौं २३ चैत । अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले गणतन्त्रका लागि हतियार उठाएका स्व.लक्ष्मण प्रसाद सिंहप्रति सम्वेदना प्रकट गर्दै प्राप्ति हिंसाबाट नै सम्भव रहेको बताएका छन् ।
मंगलबार गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा जनवादी मोर्चा, नेपालका पुर्व महासचिव एवं नेपालमा गणतन्त्रका लागि हतियार उठाउने योद्धा लक्ष्मण प्रसाद सिंहको भएको असामयिक निधनप्रति स्तब्ध तुल्याएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘ राज्यसत्ता हिंसात्मक हुन्छ । यसको प्राप्ति पनि हिंसाको माध्यमबाट नै सम्भव छ र संरक्षण पनि हिंसात्मक शतिmबाट मात्र सम्भव छ । यसै मान्यता अनत्ररुप तराईका महान् धरतीपुत्र नेपालमा गणतन्त्रका लागि सशस्त्र क्रान्तिको प्रणेता रामराजा प्रसाद सिंहका माहिलो भाई लक्ष्मण प्रसाद सिंह राजनीतिक जीवनका जतिसुकै कठोर संघर्षको वेला कहिल्यै विचिलित भएन । गरिल्लायुद्धका दक्ष लक्ष्मण प्रसाद सिंह पाएको जस्तोसुकै जोखिमपूर्ण जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्ने इमानदार नेता थियो ।’
विज्ञप्तिमा अगाडि थपिएको छ,‘२०४२ सालमा निरंकुश शाही राजतन्त्रमाथि बम आक्रमणको परिणामस्वरुप राजाको हुकुमी पंचायति शासनले फाँसीको सजायसंगै सर्वस्वहरण गरिएको थियो । सरल स्वभावका मृदुभाषि यथक क्रान्तिकारी योद्धा लक्ष्मण प्रसाद सिंहप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौं ।’



