Dev_kumari_karki
अमरेन्द्र कुमार यादव, धनुषा २३ चैत । धनुषामा बुधबारदेखि शुरु भएको एसएलसी परिक्षामा जिल्ला भरिमा एक जना महिला केन्द्राध्यक्ष मत्र रहेको छ । उक्त महिला केन्द्राध्यक्ष भएको सेन्टरमा परिक्षा झनै मर्यादित हुँदैछ ।

जिल्ला उत्तरी क्षेत्र ढल्केवरस्थित रहेको महेन्द्र उच्च माध्यमिक विद्यालय ढल्केवरमा देव कुमारी कार्की महिला केन्द्राध्यक्षको रुपमा नियुक्त भएकी छन् ।

जनकपुर उप–महानगरपालिका स्थायी घर भएका झण्डै दुई वर्ष पहिले शिक्षक सेवा आयोग परीक्षा पास गरी महेन्द्र उच्च माविमा नियुक्ति लिइएका थिइन् ।

महिलाहरुको सहभागिता सबै पक्षमा सवल हुनुपर्ने मागअघि बढिरहेको समयमा जिल्ला भरिमा एउटा मात्र  महिला केन्द्राध्यक्ष हुनु दुःखद पक्ष रहेको उनी बताउँछिन् ।

हुलाकी न्यूजसँग कुरा गर्दै केन्द्राध्यक्ष कार्कीले आफु पहिलो केन्द्राध्यक्षको पद सम्हाल्दा आफुलाई  खुशी, गौरव महशुस भईरहेको बताए । एउटा ठूलो जिम्मेवारी पनि रहेको भन्दै, ‘म केन्द्राध्यक्ष भए पनि यहाँ परीक्षामा खटिनुभएका सम्पूर्ण पदाधिकारीहरुको सहयोगले गर्दा मर्यादित र शान्तिपुर्ण अवस्थामा एसएलसी परीक्षा संञ्चालन भइरहेको छ ।’

केन्द्राध्यक्ष कार्कीले परीक्षा संचालनको क्रममा स्थानीयबासी, अभिभावक, सुरक्षाकर्मी लगायतबाट चौतर्फी सहयोग प्राप्त भएको थपिन् ।

उक्त परीक्षा केन्द्रमा बिनायक इङगलिस बोर्डिङ स्कुल ढल्केवर, क्षीरेश्वर जनता माध्यमिक विधालय महेन्द्रनगर र चिल्ड्रेन गार्डेन इङगलिस बोर्डिङग स्कुल ढल्केवर गरी २ सय ८१ परीक्षार्थी सहभागी भएका छन् । जसमध्ये नियमित तर्फबाट २ सय १७ र एक्जामटेड तर्फबाट ६४ गरि २ सय ८१ परिक्षार्थी सहभागि भएको केन्द्राध्यक्ष कार्कीले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.