
हुलाकी न्यूज, जनकपुरधाम २३ चैत । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं निलम्बित सांसद संजय साहमाथि आरोपहरु थपिदै गएको छ ।
जनकपुर बमं काण्डमा मुछिएका धनुषा क्षेत्र नम्बर चारबाट निर्वाचित नेता साहमाथि सञ्चार उद्यमी अरुण सिंघानियको हत्या बारे सोधपुछ हुने भएको छ ।
धनुषा प्रहरीले सोधपुछका लागि नेता साहलाई जिल्ला प्रहरी कार्यालय धनुषा झिकाएको धनुषाका एसपी रामदत्त जोशीले हुलाकी न्यूजलाई बताए ।
टेलिफोनमा जोशीले भने,‘उहाँलाई अरुण सिंघानियाँको हत्या केसमा अनुसन्धानका लागि झिकाइएको हो । अहिलेसम्म उहाँका बारेमा विस्तृत अध्ययन भईनसकेको अवस्था छ । अनुसन्धान पछि हामीले थप कुरा सार्वजनिक गर्न सक्छौं ।’
हाथहतियार मुद्दामा जेल सजाय काटी रहेका नेता साहमाथि जनकपुर बंम काण्डको आरोपित बनाइएको छ भने सम्पति सुद्धिकरणमा पनि उनलाई अल्झाइएको छ । त्यस्तै हालै उनलाई सञ्चार उद्यमी सिंघानिकाको हत्या बारे पनि सोधपुछ गरिदैछ ।
सम्पति सुद्धिकरणका विषयमा संसदीय समितिले सरकारलाई सम्पति फुकुवा गर्न निर्देशन दिएपनि सरकारले अहिलेसम्म साहको सम्पति फुकुवा गरेको छैन ।




नाकारा पर्टी सद्भावना ले सभासद बनाएको आरोप पनि लगाउनु होला एउटा असल मधेसको छोरोले सब सहन तयार हुन पर्छ