हुलाकी न्यूज, जलेश्वर २२ चैत । ११ सेप्टेम्बर २०१५ मा जनकपुर–जलेश्वर सडक खण्डको भगवानपुरमा असई थमन बहादुर विकको मृत्यु हुन्छ ।

प्रहरीले आरोप लगाउँछन्,‘आन्दोलनकारीले असईलाई एम्बुलेन्सबाट झिकेर हत्या गरे ।’

जसको आधारमा महोत्तरी प्रहरीले मधेश आन्दोलन–३ मा सक्रिय २८ जना नेता–कार्यकर्ता तथा स्थानीय व्यापारी र मजदुरहरुमाथि मुद्दा दायर गर्छ । अहिले तीन जना प्रहरी हिरासतमा यातना खेप्दैछ भने अन्यहरुको अवस्था बेहाल रहेको छ ।

तर यस घटनामा यस्ता व्यक्तिलाई पनि प्रहरीले मुछेको छ, जो घटनाको समय मलेसियामा काम गरिरहेका थिए ।

कुरा हो, जलेश्वर– २ का राजा चौधरीको । जो, हाल प्रहरीले दायर गरेको मुद्दामा मुछिएका छन् । उनको परिवार विचल्लीमा परेका छन् ।

असई विकको मृत्यु भएको दिन अर्थात ११ सेप्टेम्बर २०१५ कामा राजा चौधरी मलेसियामा थिए । घटना भएको करिब पाँच महिना पछि उनी नेपाल फर्केका हुन्, अर्थात ४ फेब्ररी २०१६ मा । (हेर्नुस् : राहदानी)

Immigration_stamp-1

राजाका बाबु गोकुल चौधरी घटनाको बेला छोरो नेपालमै नभएको प्रमाणसहित प्रहरी निकाय र अदालत धाइरहेका छन् ।

तर पनि प्रहरीले उनको सुनेको छैन । अहिलेसम्म राजा चौधरी लुक्दै बसेका छन् ।

स्थानीय अधिकारवादीहरुको भनाईमा महोत्तरी घटनामा प्रहरीले आन्दोलनमा सक्रिय व्यक्तिहरुलाई फसाउन खोजेको छ ।

प्रहरीले आन्दोलनका क्रममा सात जना सर्वसाधारणको हत्या गरेको विषयलाई दबाउन असईको घटनालाई जोडतोडले उठाएको उनीहरुको भनाई रहेको छ ।

passport_with_immigration_stamp

1 COMMENT

  1. त्यसै ले त मरेको पसु गाड्न पर्छ नत्र कुकुर हरु यसरी नै बौलाउने हो मरि खाएर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.