हुलाकी न्यूज, जनकपुरधाम २२ चैत । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई इन्काउन्टर गर्नु पर्ने फेसबुक स्ट्याट्सबाट चर्चामा आएका उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई मधेशी युवाहरुले सुझाव दिएका छन् ।
जनकपुरका युवा जानी खानले दिपेसलाई भनेका छन्,‘सक्छौ भने १७ हजार नेपालीको हत्या गर्ने, २० औं हजारको अंगभंग गर्ने र लाखौंलाई विस्थापित गराउने तिम्रा बुबा उपराष्ट्रिपति नन्दकिशोर पुनलाई गोली ठोक ।’
खानले अकुत सम्पति कमाएका एमाओवादी अध्यक्ष प्रचण्डलाई गोली ठोकन सुझाव दिएका छन् ।
खानको स्ट्याटस् जस्ताको त्यस्तै
उपराष्ट्रपतिको छोरा दीपेशले मुख छाड़दै तल्लो स्तरको अभिव्यक्ति दिएकोमा एक मधेशी को हैसियतले यस्तो वयानबाजीको घोर बिरोध गर्दै दीपेशलाई भन्न चाहन्छु :
दीपेश ! ईन्काउन्टर गर्ने हिम्मत छ भने पहिले १७००० नेपाली मार्ने, बीसौं हजार को अँग भँग गर्ने, लाखौँलाई बिस्थापित गराउने तिम्रा बाउ लाई गोली ठोक !
देश विकास गर्छु भनेर नेपालीलाई सपना देखाउने तर अकूत सम्पति कमाई आफ्नो मात्र विकास गर्ने प्रचण्डलाई गोली ठोक !
र ठोक गोली ती सबैलाई जस्ले भूकम्प पीड़ित लाई चीसोमा मर्न छाड़ेर भूकम्प राहतको पैसा समेत हसुरे . हिम्मत छ ? छैन भने कान खोलेर सून:
यस देशको यदि बिखण्डन हुन्छ भने दोषी तिमी दीपेश, ओली र रामकुमारी झाँक्री जस्ताको मानसिकताले हुन्छ l





bala asli madheshi ra nepalese sanga bhet bhaxa pakhe nepali bolne lai
Goli thokabhanera ta ma bhanna sakdina tara Maobadile nirdosh janta marekai hun , ladakuko karodaun rakam naitiktako samet khyal nsgari hinamina gsrekai hun. CK Rautle pani Nepal ko sarbhaum sattamathi dhava bolekai hun.