Mahotari_samajik_mudaरंजन भण्डारी, जलेश्वर २२ चैत । फौजदारी बाहेकका विभिन्न मुद्दा मामिला गाउँ र नगरस्तरमै मिलाईदैछ । सामाजिक मेलमिलाप केन्द्रबाट मिलाउन सकिने र त्यसले अदालतसम्मै पुग्नु पर्ने वाध्यता निर्मुल भएको एक कार्यक्रमविच वक्ताहरुले बताएका छन ।

त्यसतै माण्डवीका कार्यक्रम निर्देशक चन्दन मिश्रले विभिन्न प्रकारका हिंसा, झैझगडा तथा घरायसी मतभेदहरु सामाजिक स्तरमै मिलाउदै आएका माण्डवीले हालसम्म ५९ घटना दर्ता गरि सो मध्ये ४८ मिलापत्र गराईसकेको तथा वाँकी अझै पनि प्रोसेसमा रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

जग्गा विवाद, कुटपिट, पैसा लेनदेन, घरेलु हिंसालगायतका मुद्दाहरु विशेष रुपमा आउने गरेको बताउँदै निर्देशक मिश्रले संस्था त्यसता घटनाहरु सामाजिक स्तरबाटै न्याय संगत समाधान गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

आस्था नेपालको आयोजना, युएसएडको सहयोग र माण्डवीको सहकार्यमा बथनाहा, सिस्वा कटैया, एकरहिया र पर्सापतैली गरिजम्मा ४ गाविसमा परियोजना संचालित छ ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी नायव उपरिक्षक विनोद सिलवाल, जिल्ला अदालतका श्रेष्तादार भोजराज वस्नेत लगायतहरुको उपस्थिति र जिल्ला विकास समितिका शैलेन्द्र पाण्डेयको अध्यक्षतामा वसेको सामुदायिक मेलमिलाप समन्बय समितिको समिक्षा वैठकमा वक्ताहरुले यस्ता विचारहरु राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.