aim_electation
सरोज राय

आजको दिन बलूचिस्तान र मधेश दुईटैको अवस्था उस्तै–उस्तै छ । यि दुवै ठाउँको जनता आ–आफ्ना सरकारबाट अपहेलित, उपेक्षित, शोषित र विभेदित छन् । दुवै ठाउँका जनता अधिकारको लागि संघर्षरत छन् । राज्यबाट दमन गर्ने प्रवृति पनि समान प्रकारका छन् । दुवै ठाउँको जनता राज्यबाट गरिएको दमन सहन नसकेर विदेशी शक्तिलाई सहयोगको लागी गुहार्दै छन् ।

तर सबैभन्दा ठूलो फरक यि दुवै ठाउँमा के रहेको छ भने बलौचहरू अलग बस्न चाहन्छ भने मधेश भित्रको बहुसंख्यकको आवाज नेपाल देश भित्र अधिकार सुनिश्चित गराउनुतर्फ रहेको छ । तर राज्यको मानसिकता देखेर मधेशमा एउटा अर्को शक्तिको पनि उदाएको छ जुन बलूचिस्तानीहरू जस्तै अलग बस्न चाहन्छन् । राज्यको रवैया देखेर यो तेस्रो शक्ति दिन प्रतिदिन बलियो हुंदै गईरहेको छ ।

Saroj_raiबलूचिस्तानलाई पाकिस्तानले कहिले पनि लडाईमा जितेको होइन । पाकिस्तान उदय हुनु पहिलादेखि बलूचिस्तान र बलौचहरूको अस्तित्व थियो । जहाँ विभिन्न कालखण्डमा विभिन्न शासकहरू थियो । पछिल्लो समयमा अंग्रेजहरूले आफ्नो कब्जामा लिएर सन १९४८ मा पाकिस्तानसंग सशर्त सन्धि गरेर एउटा प्रान्तको रूप लियो ।

रक्षा, मूद्रा, परराष्ट्र र अर्थ आफ्नो अधिनमा राखेर चार राज्यको यूनियन पाकिस्तानको एउटा हिस्सा बनेको थियो । सन १९७७ मा पाकिस्तानले पूर्णरूपले बलूचिस्तानलाई आफ्नो हिस्सा बनायो । तर राज्यको आफुप्रति सौतेला व्यवहार देखेर आज बलौचहरू अफ्नो भूमीलाई स्वतन्त्र बनाउन तिर लागि परेको छ ।

याद रहोस, पाकिस्तानको सबैभन्दा अधिक श्रोतसाधन भएको ठाउँ बलूचिस्त नै हो । कृषि बाहेक पेट्रोलियम, ग्याँस र माईन्सहरू बलूचिस्तानबाट पाकिस्तान सरकार सबैभन्दा बढी राजस्व उठाउँछ तर पाकिस्तानी आर्मी र जासूसी संस्था मिली निरन्तर बलौचहरूको नरसंहार गर्दै आइरहेको छ ।

पछिलो समयमा, विश्व बलूच महिला फोरमको अध्यक्ष नायला कादरी बलौचले बलूचिस्तानलाई अलग गर्न भारतको सहयोग मांगेका छन् ।
यस्तै मधेश भूभागलाई नेपालले जितेर हतियाएका होईन्न । नेपाल देशको उदय हुनुभन्दा हजÞारों वर्ष पहिलादेखि यसको अस्तित्व रहेको प्रमाणहरू प्रशस्त छन् । सगरमाथा जस्तै मधेश कुनै भूंईचालोमा बनेको भूभाग पनि होईन, न भारतको कुनै ठाउँबाट उडेर आएको भूभाग हो ।

आज हामी गर्वले याद गर्छौ मिथिलाको राजा जनक र लुम्बिनीको राजकुमार सिद्धार्थलाई । यि दुवैजना महामानवको अस्तित्वलाई हामी स्वीकार गर्न सक्छौ तर यिनीहरूको राज्यको प्रजाको अस्तित्वमाथि किन प्रश्न चिन्ह छ ? के यिनीहरू विना प्रजाकै राजा र राजकुमार भएको थियो ?

पकै पनि होईन ! त्यो प्रजाको पुष्ताहरू आजपनि त्यही भूभागमा छ तर पहिचानको लागी संघर्ष गरिरहेका छन् ।

मधेशमा मात्र होईन, मधेशीहरूको ठूलो भूमिका नेपाल निर्माणमा पनि छन् । गोपालवंशी (यादवहरू)हरू आएर नेपाल निर्माण गरेको सत्यतथ्य कसैसंग नलूकेको हुनुपर्छ । त्यसपश्चात भित्री मधेशमा सेनवंशीको शासन तथा पहाड़मा लिक्ष्क्षवीकाल र मल्लकालको इतिहास हामी सबै पढेकै हुनु पर्छ । यति मात्र होईन, शाहवंशीहरू पनि भारतबाट नै आएर नेपालमा राज्य गरेका हुन् ।

नेपाल निर्माणमा मधेशीहरूको यति ठुलो योगदान हुँदाहुँदै आज उनीहरू आफ्नो पहिचानको लागि संघर्ष गरिरहेका छन् । कृषि र उद्योगधन्धामा धनिक मधेशबाट लगभग ८० प्रतिशत राजस्व उठाउँने राज्य विकाशको नाममा जम्मा १० प्रतिशत बजेट मात्र दिने गरेको छ । यति मात्र होइन राज्यबाट सबभन्दा बढी दमन मधेशीमाथि नै हुँदै आएको छ । जसको ज्वलन्त उदाहरण अधिकारको आन्दोलनमा करिब ६० को हत्याले पुष्टी गर्छ ।

राज्य मधेशीहरूको धैर्यता र राष्ट्रियतालाई सलाम गर्नु पर्छ किनभने बलौच जस्तै उनीहरूले अहिलेसम्म अलग राज्यको माँग गरेको होईन्न्, मात्र पहिचान र समान अधिकार खोजेका हुन् ।

तस्बिर : केही महिनाअघि स्वतन्त्र मधेश गठबन्धनले सिराहामा गराएको जनमत संग्रहको तस्बिर ।

1 COMMENT

  1. Adhikarko maggarne netritwa bargalai ahile ayera adhikar ra pahichanko chet kasari khulyo? Kekurale uniharuko mukhtaliyeko thiyo hola? Madhesiharule adhikarko ladain ladejastai madheshbhitrakai arusamudaylepani ustai adhikarko ladain ladnathale bhane parinam kehola? Ajha bibidh bhugol ra bibidh pahichanka sampurna deshvasi samudayale eksath eksaya prakrako ladain surugare bhane deshko awastha kehola? Kaslai chha deshko chinta?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.