baideshik_rojgar_yuwa_
हुलाकी न्यूज, जनकपुरधाम २१ चैत । धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बर्षेनि बढ्दै गएको छ । सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिएको हो ।

तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले संख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ ।

विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०र७१ देखि पहिलो स्थान ओगटेको छ। ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।

वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् ।

अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ। सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।

वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ ।

तथ्याङ्कअनुसार ०७१ र ७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन्। जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको संखया अधिक देखिएको छ । रासस

file : photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.