Mithila_nagarpalika
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २१ चैत । मिथिला नगरपालिकाको दोश्रो नगर परिषदबाट पर्यटन प्रवद्धनमा जोड दिइएको छ ।

परिषदबाट साढे ६ करोडभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ । ढल्केवरको महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न परिषदबाट आगामी आर्थिक वर्ष २०७३/०७४ को लागि जम्मा बजेट ६ करोड ५४ लाख ३८ हजार ८ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो ।

मिथिला नगरपालिकाको कार्यकारी अधिकृतद्वारा प्रस्तुत बजेटमा आर्थिक वर्ष २०७३÷०७४ को कुल अनुमानित बजेट व्ययतर्फ सामाजिक सुरक्षा भत्ता समेतको चालु खर्चतर्फ १ करोड ६० लाख १२ हजार ८ सय रुपैया र पुँजीगत खर्च तर्फ ४ करोड ९४ लाख २६ हजार रुपैँया रहेको छ ।

आ.व.२०७३/०७४ को बजेटबाट नगरपालिकालाई खुल्ला दिशामुक्त बनाउन, खाने पानीको समस्या समाधान गर्न, पर्यटन प्रवर्धनको विकास गर्न, पिकनिक स्पोर्ट संभावित स्थानमा निर्माण गर्ने, जनताको कामकाज सहज हुने उद्देश्यले वडा कार्यालयहरु स्थापना गर्ने लगायतको कार्यहरुमा विषेश जोड दिने निती नगरपालिकाले लिने नीति परिषदमा प्रस्तुत गरिएको छ ।

नगरपालिकाको कार्यकारी अधिकृत केवलकान्त झाको अध्यक्षता एवं धनुषा क्षेत्र नं. ७ का निर्वा्चित सांसद तथा पूर्व राज्य मन्त्री सत्रुधन महतोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नपाको आय–व्यय विवरण नगरपालिकाका लेखा अधिकृत रामपरीक्षण पंडितले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.