
हुलाकी न्यूज, कलैया २१ चैत । दुबईमा रहेका मधेशीहरुको छाता संगठन मधेशी समाज दुबईले शनिबार मधेश आन्दोलनका सहिद परिवारहरुलाई राहत प्रदान गरेको छ ।
समाजका संयोजक डा.रविन्द्र कुमार यादवले शनिबार बाराका सहिद हिफाजत मियाँ र सर्लाहीकी सहिद राधिका देवीको परिवारलाई राहत प्रदान गरेको हो ।
कलैयास्थित सहिद मियाँको घरमा पुगी यादवले दश हजार नगद हस्तान्त्रण गरेको हो भने सर्लाहीस्थित हरिपुर गएर राधिका देवीको परिवारलाई समेत त्यतीकै रकम सहयोग गरेको छ ।
केही दिनअघि दुबईमा आयोजित होली विशेष कार्यक्रमबाट उठेको रकमबाट घाइते, सहिद तथा प्राकृतिक विपदमा परेकाहरुलाई समाजले सहयोग गर्दैछ ।




