Nepal_chin_army
हुलाकी न्यूज, काठमाडौं २० चैत । प्रधान सेनापति राजेन्द्र क्षत्री चीन भ्रमण सकिएर शनिबार नेपाल फर्केका छन् ।

चीनका सैनिक अधिकारीहरुसँग भेटघाट गरेर क्षत्री नेपाल फर्केको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति क्षत्रीलार्ई बलाधिकृत रथी बलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा प्रधान सेनापति महारथी श्री क्षत्री सप्ताहव्यापी भ्रमणको लागि मिति चैत १४ गते चीन प्रस्थान गरेका थिए । भ्रमणको दौरान उनले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष General Fang Fenghui, Vice Chairman of Central Military Commission General Xu Qiliang, Leader of Western Theatre Command संग भेटवार्ता गरेका थिए ।

यता प्रधानमन्त्री ओलीको भ्रमण लगतै भएको प्रधानसेनापतिको भ्रमणलाई महत्वका साथ लिइएको छ । क्षत्रीको चीन भ्रमणपछिको वक्तव्यको प्रतिक्षा राजनीतिक दलका नेताहरुले गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.