Terai_madhesh_Democretic_party
हुलाकी न्यूज, राजविराज २० चैत । तराई मधेश लोकतान्त्रिक पार्टीले आन्दोलनका विषयमा ९ बुँदे संघर्षका लागि संकल्प शिर्षकको प्रस्ताव पारित गरेको छ ।

शनिबार विहान ९ बजेबाट राजविराजको स्टार होटलमा सुरु भएको तमलोपाको झापादेखि महोत्तरीसम्मका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, भातृ संगठन प्रमुख र पार्टी पदाधिकारीहरुको बैठकबाट उक्त संकल्प पारित भएको हो ।

आन्दोलनका भावी रणनीति तथा कार्यक्रमहरु समेटिएको उक्त संकल्प पार्टीका महामन्त्री जितेन्द्र सोनलले प्रस्तुत गरेका थिए ।

आइतबारसम्म चल्ने उक्त बैठकको आरम्भ पार्टीका अध्यक्ष महन्थ ठाकुरले गर्दै आन्दोलनको विकल्प नरहेको प्रष्ट पारेका थिए ।

अध्यक्ष ठाकुरको मनतव्य पश्चात महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले आन्दोलनको सिंहावलोकन र भावी कार्यदिशाका बारेमा लिखित प्रस्ताव ल्याएका छन् ।

बैठकमा जिल्ला अध्यक्षहरुले विचार राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य सुरेश मण्डलले हुलाकी न्यूजलाई बताए । मण्डलका अनुसार बैठकमा ५४ जना उपस्थित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.