Laxaman_singh
हुलाकी न्यूज, काठमाडौं २० चैत । जनवादी मोर्चा, नेपालका पूर्व महासचिव एवं गणतान्त्रिक योद्धा लक्ष्मण प्रसाद सिंहको शनिबार विहान निधन भएको छ ।

गणतन्त्रवादी पहिलो नेता स्व.रामराजा प्रसाद सिंहसँगै नेपालमा फाँसी तथा सर्वस्वहरणको सजाय पाएका लक्ष्मण सिंहको शनिबार विहान सवा सात बजे उपचारको क्रममा भारतको जमसेदपुर अस्पतालमा निधन भएको हो ।

उनको निधन बारे उनका भतिजा तथा नयाँ शक्ति नेपालका नेता डा.मनोज कुमार सिंहले जानकारी हुलाकी न्यूजलाई दिएका छन् ।

विस २०४२ सालको बंमकाण्डका प्रमुख मध्येका एक सिंहलाई पञ्चायती व्यवस्थामा फाँसीको सजाय दिइएको थियो । उनी स्व.रामराजा प्रसाद सिंहसँगै वर्षौसम्म प्रवासनमा रहेका थिए ।

स्व.लक्ष्मण सिंहसँग हतियार तथा लडाकु सम्बन्धी विशेष ज्ञान रहेको थियो । माओवादीलाई सुरुवाती समयमा सिंहले पनि तालिम दिएका थिए ।

स्व. सिंह रामराजा प्रसाद सिंहका माइलो भाई हुन् । उनी आफ्नो राजविराज स्थित घरमा बस्दै आएका थिए । स्व.सिंहका चार जना छोरा छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.