
हुलाकी न्यूज, काठमाडौं १९ चैत । दुबईमा रहेका मधेशीहरुको छाता संगठन मधेशी समाज दुबई र गैरआवासीय मधेशी संघको सहयोगमा सिरहाका अग्निपीडितलाई राहत प्रदान गरिएको छ ।
सिरहाको विशनपुर कटीका अग्निपीडितहरुलाई मधेश सुन्दरी अर्थात अभिनेतृ डोली सरकार तथा गायक देबेन्द्र साह सोनीले संयुक्त रुपमा राहत प्रदान गरेका छन् ।
होलीको अवसरमा दुबईमा आयोजित साँस्कृतिक कार्यक्रमबाट संकलित रकम अग्निपीडितहरुलाई प्रदान गरिएको गैरआवासीय मधेशी संघका डा.रबीन्द्र कुमार यादवले हुलाकी न्यूजलाई जानकारी दिएका छन् ।
यादवका अनुसार दुबईमा मधेश आन्दोलनका सहिद र घाइते तथा प्राकृतिक विपदापीडितहरुलाई सहयोग गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अभिनेतृ सरकार र गायक सोनी सहभागी भएका थिए ।
डा.यादवले आगामी दुई–तीन दिनमा मधेश आन्दोलनका सहिद तथा घाइते परिवारहरुलाई पनि राहत प्रदान गरिने बताए ।




