
हुलाकी न्यूज, काठमाडौं १९ चैत । मधेशी सहिद प्रतिष्ठानको निर्माण तराई मधेश सदभावना पार्टीले गर्ने भएको छ ।
काठमाडौंमा पार्टीको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकबाट मधेशी सहिद प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको हो ।
चैत १६ गतेदेखि १८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकको शुक्रबार सार्वजनिक गरिएको ९ बँुदे निर्णयमा अवको आन्दोलनमा साथ दिन सम्पूर्ण पक्षसँग आग्रह गरिएको छ ।
पार्टीले मधेशी मोर्चाले अगाडि सारेको ११ बुँदे मागलाई जोडतोडका साथ अगाडि सारेको छ ।



