SLC_student_janakpur

अमरेन्द्र कुमार यादव, जनकपुरधाम १९ चैत । विहीबारदेखि सुरु भएको प्रवेशिका परीक्षा(एसएलसी) यस पटक धनुषासहितका जिल्लामा मर्यादित बन्दै गएको छ ।

धनुषा जिल्लाको ३९ वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण भईरहेको र अहिलेसम्म कुनैपनि केन्द्रहरुमा परिक्षार्थी र निरीक्षकहरु निष्काशित भएका छैन् । शुक्रबार अनिर्वाय नेपालीको परीक्षा शान्तिपूर्ण र मर्यादित तरिकाले सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी चेत कुमार पोखरेलले हुलाकी न्यूजलाई बताए ।

पोखरेलका अनुसार जिल्लामा एसएलसी परीक्षा मर्यादित बन्दै गएको छ । यस वर्षको एसएलसी परीक्षामा धनुषा जिल्लामा नियमित र आंशिक गरी १४ हजार ३ सय २६ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । यसै वर्षबाट सबै परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति (ग्रेडिङ सिस्टम) बाट प्रकाशित हुनेछ ।

यसैबीच निरीक्षणको क्रममा रहेको धनुषाका स्थानीय विकास अधिकारी अनुसार प्रवेशिका परिक्षा शान्तिपुर्ण, मर्यादित र बाहिरबाट परीक्षा दिने परिक्षार्थीहरुको अभिभावकको भिड पनि देखिदैन ।

अनियमित किसिमले पुस्तहरु भेटिएको त्यसको लागि परिक्षा केन्द्रका केन्द्राअध्यक्षहरुलाई तत्काल नियन्त्रण गर्न जानकारी दिइसकेको उनले बताए । साथै सुरक्षामा खरिटएका सुरक्षाकर्मीको समन्वय पनि राम्रो देखिएको उनको भनाई थियो ।

परिक्षाको दोस्रो दिन आज नेपाली विषयको परिक्षा सम्पन्न भएको छ भने आईतवार अनिवार्य गणित विषयको परीक्षा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.