rajendra mahato1हुलाकी न्यूज, विराटनगर १९ चैत । नेपालमाथि आर्थिक नाकाबन्दी हुन सक्ने चेतावनी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दिएका छन् ।

उनले नेपाल सरकारको रबैया यस्तै रहे बिश्वका शक्तिशाली राष्ट्रहरूले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउन सक्ने बढ्दै गएको बताए ।

शुक्रबार बिराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतको पक्षमा अन्तर्राष्ट्रि शक्तिहरु पनि उभिएको दाबी गरे ।

नेपालको संबिधान अधुरो र बिभेदकारी रहेको ठहर भारत, अमेरीका, बेलायत, संयुक्त राष्ट्र संघलगायतले पहिले नै गरिसकेको भन्दै महतोले भर्खरै २४ राष्ट्रको संगठन युरोपियन युनियनले समेत नेपालको संबिधान अधुरो र बिभेदकारी रहेको जनाइसकेको महतोले बताए ।

नेपाल सरकारले सहयोगी मुलुकहरूद्वारा दिएको सल्लाहको बिरोधमा वक्तव्य निकालेर समस्याको समाधान नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.