हुलाकी न्यूज, काठमाडौं १९ चैत । नेपाली राष्ट्रियताको भुतले मधेशी, आदिवासी, जनजाति, दलितसहित सीमान्तकृत समुदायको अधिकार खोस्दै गरेको अधिकारकर्मी रिता साहले टिप्पणी गरेकी छन् ।
उनले अधिकार खोस्नकै लागि राष्ट्रियताको भुत चढ्नु गलत भएको बताएकी छन् । आफ्नो फेसबुकमार्फत साहले राष्ट्रियताको भुतले निमत्याउने परिनाम भविष्यमा देखिने जनाएकी छन् ।
साहले लेखेकी छन्, ‘आजकल केही व्यक्ति र मुलधारे नेताहरु माथि राष्ट्रियताको भुत जबरदस्त तरिकाले सवार भएको देखिन्छ । यस्तै भुत ५५ वर्ष अधि स्व.राजा महेन्द्र माथि पनि सवार भएको थियो । त्यतिवेला राजा महेन्द्रले प्रजातन्त्र व्यवस्थाको अन्त गरेर कठोर राजतन्त्र व्यवस्थाको थालनी गरेको थियो । जसको परिणामस्वरूप २०४६ को जन आन्दोलन, २०५२ सालको माओवादी सशस्त्र जनयुद्धको थालनी, २०६२ को जनआन्दोलन र २०६३ सालको मधेश आन्दोलन भएको थियो ।
अहिले सवार भएको राष्ट्रियताको भुतले मधेशी, जनजाति, दलित लगायतका सिमान्तकृत समुदायको अधिकार खोस्नको लागि चढेको देखिन्छ । यसको परिणाम के हुने हो त्यो भविष्यले नै निर्धारण गर्नेछ ।
राष्ट्रियता बलियो बनाउन कसैको अधिकार खोसेर होइन कि सबै जनतालाई समान अधिकार दिनुपर्ने होइन र ?’




You are right. The present government and its related organisations as well as Nepali media is singing the song of pseudo-Nepali nationalism. They are intoxicated and they have forgotten Nepalese nationalism. All they aim is to disgrace Madheshi people. All the Madheshi youths have to be united and fight for Madheshland. Advocate Madheshi nationalism among Madheshi youth.