Rajendra_shresatha_USA
हुलाकी न्यूज, वासिंगटन १९ चैत । आन्दोलनमा अमेरिकी समर्थनका लागि संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ अमेरिका भ्रमणमा छन् । उनले यसअघि संघीय गठबन्धनका दलहरुलाई अमेरिकी राजदुतसँग छलफलसमेत गराएका थिए ।

हाल अमेरिका भ्रमणमा रहेका श्रेष्ठ नेपाल मामिलासँग सम्बन्धीत अधिकारीहरुसँग भेटघाट गर्दैछन् । मधेशी–आदिवासी–जनजातिका माग बारे प्रष्ट पार्ने प्रयास गर्दैछन् ।

श्रेष्ठले दक्षित तथा मध्य एशिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरसँग विहीबार छलफल गरेका छन् ।

छलफलका क्रममा उनीहरुले मधेश आन्दोलनमा भएको सरकारी दमन र मानव अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट नियाली रहेको बताएका छन् ।

ब्राउन र ड्रेलिङगरले नेपालमा नयाँ संविधान विरुद्ध जारी मधेशी तथा जनजाति आन्दोलन विरुद्ध सरकारी पक्षबाट भइरहेको दमन र अधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले सुक्ष्म ढंगले निगरानीमा राखेको बताएका छन् ।

बिहीबार वासिङटन डिसीमा भएको छलफलमा ती अधिकारीहरुले मधेश आन्दोलनका दौरान सरकारी पक्षबाट भएको दमन र मानव अधिकार उल्लंघनका हरेक घटनाबारे आफूहरु जानकार रहेको बताएका छन् ।

संविधानका अन्तरवस्तु, आन्दोलनकारीको माग र आन्दोलनबारे उनीहरुले विशेष चासो दिएको भेटवार्तापछि श्रेष्ठले बताए ।

नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका अमेरिकाका ती अधिकारीहरुले नेपालको दीर्घकालीन समाधानका लागि असन्तुष्ट पक्षलाई पनि वार्ता र सहमतिको माध्यमले समेटेर लैजान नेपाल सरकारलाई सुझाव दिएको फोरम नेपालका नेता श्रेष्ठले जानकारी दिए ।

‘मधेशी, आदिवासी जनजाति, दलित लगायतसँग विगतमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनु पर्छ’– उनीहरुको भनाईर्ला उद्धरित गर्दै भेटमा सहभागी श्रेष्ठले भने, ‘इमान्दारीपूर्वक सहमतिको कार्यान्वयन र सबैलाई मिलाएर लैजानुको विकल्प छैन ।’ फोरम नेपालका नेता श्रेष्ठले नेपालको नयाँ संविधानका त्रुटिपूर्ण प्रावधान, सरकारको दमनकारी उपेक्षित रवैया, आन्दोलन गर्नु पर्ने कारण र औचित्य बारे अमेरिकी अधिकारीहरुलाई अवगत गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.