
हुलाकी न्यूज, काठमाडौं १९ चैत । दुई जनाको हत्या अभियोग लागेका एमालेका बैकल्पिक पोटिल व्यूरो सदस्य योगनारायण यादवलाई बचाउन प्रधानमन्त्री ओलीले दबाब दिइरहेको अरोप नेकपा (माओवादी)का संयोजक मातृका यादवले लगाएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै संयोजक यादवले प्रधानमन्त्री ओली शक्तिको दुरुपयोग गरी हत्या अभियुक्तलाई बचाउन लागि परेको बताएका छन् ।
संयोजक यादवले भने,‘ओली पद र शक्तिको दुरुपयोग गरी हत्याराहरुलाई जोगाउँदैछ । योगनारायणलाई एक वर्षदेखि लुकाएर राखेका थिए । अहिले पक्राउ पर्दा उनलाई बचाउन पुरै पार्टी नै लागि परेको छ ।’
यादवले योगनारायणलाई बचाउन इश्वर पोखरेलले धनुषाका न्यायाधीशहरुमाथि दबाब दिइरहेको खुलासा गरेका छन् । यादवले भने,‘इश्वर पोखरेलले यहाँका न्यायाधीशहरुमाथि दबाब दिदैछ । न्यायाधीशहरुलाई हामीले भयमुक्त भएर काम गर्न आग्रह गर्दछौं ।’
यता एमाले धनुषाको बैठकमा योगनारायणका विषयमा विवाद भएको छ । केही नेताहरुले हत्या अभियुक्त योगनारायणलाई पार्टीले जोगाउन खोज्न गलत भएको बताएका छन् ।
त्यसतै कर्तव्य ज्यान र कर्तव्य ज्यान हातहतियार मुद्दाका अभियुक्त योगनारायण यादवलाई प्रहरीले बिहीबार जिल्ला अदालत धनुषामा हाजिर गराएकोछ ।
यादवलाई नेकपा एमालेको मुख्यालय काठमाण्डौको अगाडीबाट बुधबार प्रहरीले पक्राउ गरेको थियो । यादवलाई अदालतमा उपस्थित गराउने क्रममा उनका समर्थक र नेकपा माओवादीका संयोजक मातृका यादवका समर्थकबीच केहि बेर ढुंगा हानाहान भएको थियो ।
स्थानीय पत्रिका जनकपुर टुडेका अनुसार मातृका यादव पक्षधरले यादवलाई कडा कार्वाहीको मागगदै जिल्ला अदालत अगाडी प्रदर्शन गरिरहेको बेला एमाले समर्थकहरुले पनि प्रदर्शन गर्ने प्रयास गर्दा झडप भएको थियो ।
प्रदर्शनमा मातृका यादव, श्रवण बरबरियाका साथै एमाओवादीका सांसद रामसिंह यादव, जिल्ला कार्यवाहक अध्यक्ष झल्कु यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
अदालत अगाडीको स्थिति तनावपूर्ण भएपछि यादवलाई प्रहरीले कडा सुरक्षाबीच सा“गुरोबाटोबाट अदालतमा उपस्थित गराएको थियो ।अदालतका श्रेस्तेदार नन्दकिसोर यादवका अनुसार पेशी ताकिएपनि यादवलाई ढिलागरि हाजिर भएकाले वयान हुन हुन सकेन ।
यादवमाथि धनुषा जिल्लाको सबैलामा २०७१ चैत ८ गते विद्यालय व्यवस्थापन समिति बिबादमा रामसेवक राउत र रामप्रकाश यादवको हत्या गरिएको आरोप लगाइएकोछ । राउतको कुटपिटबाट र यादवको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानबाट देखिएकोछ ।पक्राउ परेका एमाले नेता यादव उक्त घटनाका फरार अभियुक्त हुन ।
यसैबीच बिहिबार नै पूनरावेदन अदालत जनकपुरले उक्त घटनाका अभियुक्तहरु मध्ये महेश यादव, महेन्द्र यादव, भगवान प्रसाद साह समेत ४ जनालाई जिल्ला अदाललते पूर्पक्षका लागि थुनामा राख्न गरेको आदेशलाई सदर गरेकोछ । जिल्ला अदालतले लक्ष्मीनारायण यादवलाई तारेखमा राख्न गरेको आदेशलाईपनि पुनरावेदन अदालतले सदर गरेकोछ ।तर जिल्ला अदालतले राजु गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न गरेको आदेशलाई पुनरावेदन अदालतले बदरगरि तारेखमा छाडने आदेश दिएकोछ ।




yo a.ma.le. ko purano charitra ho ra madhesh ma sarbahara bargako rajineeti garne dekhayer madhesilai kangal banaune ra gundako partee ho ma yasma nishpaksh chanbin hosh bhanna chahanchu ra nepal ra madhesh ma well fare ko rajineeti hosh kinaki madhesh pichidiyeko cha.
thanks and hope to good and well manner politics in madhesh.