स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको अन्तर्वार्ता काठमाडौंबाट सञ्चालित एबीसी टेलिभिजनले प्रशारण गरेपछि टेलिभिजन नै विवादमा तानिएको छ ।

प्रेस काउन्सिल नेपालले यस अन्तर्वार्तालाई पत्रकार आचार संहित विपरीत भनेको छ । तर अन्तर्वार्ता गर्ने पत्रकारले पत्रकारिताको धर्म निर्वाह मात्र गरेको दाबी गरेका छन् ।

प्रेस काउन्सिलले तीन दिनभित्र टेलिभिजनसँग कारवाही किन नगर्ने भन्ने बारे जवाफ मागेको छ ।

अन्तर्वार्ताकार सुशील पाण्डेले भनेका छन्,‘सञ्चार माध्यम लोकतन्त्रमा तेश्रो आँखाको भूमिकामा रहन्छ । रहेक व्यक्ति वा समूहका विचारलाई आलोचनात्मक कोणबाट जनतामा राख्ने काम हाम्रो हो । सीकेको अभियानलाई सहयोग गर्ने नियमत न मेरो संस्था को हो न मेरो नै । राज्यलाई सिके राउत विखण्डनकारी लाग्छ भने कानूनी कारबाही गरे हुन्छ । जब उनी मधेसबाट राजधानी आएको एक साताभन्दा बढी भइसकेको छ । खुलेआम गतिविधि गरिरहेका छन् । मेरो स्टुडियोमा आएर अन्तर्वार्ता दिएर गए । प्रहरीले पक्राउ गरेर जेल हाले भयो । तर, हामीले स्वतन्त्र र निस्पक्ष रुपमा गरेको कामलाई लिएर मेरो संस्था र मेरो व्यसायिक धर्ममा औंला उठाउने काम हुँदा दुःख लागेको छ ।’

यता टेलिभिजनले अफिसियल रुपमा आफ्नो बेबसाईटबाट अन्तर्वार्ता बारे प्रष्ट पारेको छ ।

एबीसी न्यूज राष्ट्रियताप्रति प्रतिवद्ध छ

 ABC Logo

बुधबार साँझ कार्यक्रम एबीसी वाचमा सीके राउतको अन्तर्वार्ता प्रसारित भएपछि यसबारे क्रिया प्रतिक्रियाहरु आउन थालेका छन् । राउतको अन्तर्वार्ता प्रकरणप्रति एबीसी फरक मत राख्दछ ।

एबीसी न्यूज स्थापनाकालदेखि राष्ट्र, राष्ट्रियता र जनताप्रति सबैभन्दा बढी समर्पित छ । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानलको रुपमा हामीले स्थापनाकालदेखि आम जनताको चासो र चिन्ताको पक्षमा समाचारहरु प्रसारित गर्दैआएका छौं । हामी दावीका साथ भन्छौं, हाम्रो, हाम्रा प्रत्येक समाचार र रिपोर्टहरु जनताप्रति उत्तरदायी छन्, राष्ट्रियताप्रति प्रतिवद्ध छन् । जनताका प्रत्येक सरोकारमा चासो राख्नु हाम्रो दायित्व हो ।

एबीसीमा बुधबार लाइभ अन्तर्वार्ता प्रसारित भएपछि बुधबार रातिदेखि नै क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । ती सबैको एबीसी सम्मान गर्दछ । सिके राउतका कुनै पनि अभिव्यत्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसंग मेल खांदैनन् । बरु, ती अभिव्यत्तिप्रति एबीसी टेलिभिजन खेद व्यक्त गर्दछ । तर, सीके राउतले प्रत्यक्ष प्रसारणका क्रममा भनेका कुराहरुलाई लिएर अहिले बाहिर आइरहेका क्रिया प्रक्रियाहरुप्रति भने हामी संवेदनशील भएका छौं ।  सीके राउतका अभिव्यत्तिबारे व्याख्या र विश्लेषण गर्ने आम जनताले हो । उनका अभिव्यत्तिले एबीसीको प्रतिनिधित्व गर्दैनन् । प्रत्यक्ष प्रसारणमा गरिएका कुराकानीलाई सेन्सर हुँदैन भन्ने सबैलाई जानकारी भएकै हो । बरु, अन्तर्वार्ताकारले उनका अभिव्यक्तिप्रति बारम्बार आपत्ति जनाएका छन् ।

एबीसीमा प्रसारित अन्तर्वाताले सीके राउतलाई कतै प्रमोट गरेको छैन । बरु, उनको चरमपन्थी अभिव्यक्तिप्रति आम जनताले जान्न पाएका छन् र उनी कस्तो खाले व्यक्ति हुन भन्ने बुझ्न पाएका छन् ।

सीके राउतले राष्ट्र विखण्डन गर्ने पहिलो अभिव्यक्ति एबीसीबाट दिएका पनि हैनन् ? पहिल्यै दिएका थिए भने उनलाई अहिलेसम्म कारवाही गरिसकेको हुनुपथ्र्यो । हामीलाई अहिलेसम्म थाहा भएअनुसार सिके राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् । यदि आतंकारी भएको भए राज्यले खुलम खुला हिंडडुल गर्न छुट किन दिएको ? सिके राउतलाई नेपाल प्रहरीले नत सर्वाधिक खोजीको सूचिमा राखेको छ नत इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेको छ ? देशको कानुन व्याख्या गर्ने सर्वोच्च सम्मानित निकाय अदालते सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।

एबीसीमा प्रसारित सिके राउतको अभिव्यक्तिकै कारण आम जनताको राष्ट्रियताप्रतिको मनोविज्ञानमा गम्भीर चोट पुगेको छ भने एबीसी न्यूज त्यसमा क्षमायाचना गर्न तयार छ । तर, यही नाममा एबीसी विरुद्ध प्रयोग हुने तत्वहरुहरुप्रति भने एबीसी खेद प्रकट गर्दछ । राष्ट्रियता र सार्वभौमिकताप्रति सबैभन्दा बढी सचेत एबीसी छ । राष्ट्रियता र देशभक्तिप्रतिको हाम्रो निरन्तरको अडान कसैकसैलाई पाच्य हुन नसकेको पनि प्रष्टै छ । सीके राउतको अन्तर्वार्ताका क्रममा उनले दिएका अभिव्यक्तिप्रति एबीसीले प्रष्ट फरक मत राख्छ । तर, यही नाममा एबीसीप्रति गरिने आक्रमण भने स्वीकार हुन सक्दैन । एबीसी प्रत्येक मैत्रिपूर्ण आलोचनालाई स्वीकार गर्न, दर्शकको सुझाव अनुसार सुधार गर्न तयार छ, तर, ध्वंसात्मक आलोचनालाई भने एबीसी कतै स्वीकार गर्न बाध्य छैन । गाउँ सहर दुनियाँ ब्यूँझाउने हाम्रो अभियान जारी छ । http://abctvlive.com/?p=43991

भिडियो श्रोत : एबीसी टिभीको युटुव च्यानलबाट डाउनलोड गरिएको हो । भिडियोको सम्पूर्ण अधिकार सोही टेलिभिजनको रहेको छ ।

12 COMMENTS

  1. @susil pandey jyu tpai lai lagdai n ki dicision chai janata mathi xare ramro hunxa ra ……
    ki nepal ko ptrakarita neta haruko paxi lager garne ptrakar madhe yo pani ak ho……..

  2. Yo antarwarta mathi sawal uthaunu bhaneko press pani rajya sata bata niyantarit hunu ho jasto pahila rardarbar bat niyantarit hunthyo . rajya sata daraunu nai thahar garchh ki kathmandu le madhes lai sosan gare ko ho anyatha yo antarwarta bat daraunu jaruri chhaina .

  3. Yas bat yo proof vaiskyo ki nepal ko press council loktantik ho ki autocratik wa kunai bises barg r samudai ko . Aafno bichar pani rakhan n paine?

  4. Add your comment पहाडीको देशमा एउटा मधेसीले यस्तो अन्तवार्ता दिनु बास्तबमै अपच्री कुरा हो तर लोकतान्त्रिक देशमा एउटा नागरिकले आफ्नो बिचार राख्न पाउनु मौलिक अधिकार हो अब सि.के.राउत जी को अन्तरवार्ताले यस्तो टाउ दुखाईको बिस्य बन्नुले स्पष्ट गर्छ कि यो देश एकल जाति विशेष देश हो।यो देश ले मधेसी,आदिवासी,जनजाति,मुस्लिम तथा पिछडिएका जाती बर्ग समुदायको होइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.