Madheshi-morcha-send-leader
हुलाकी न्यूज, काठमाडौं १८ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विहीबार बसेको बैठकले बैशाख पहिलो सातादेखि कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको बैठकमा बैशाख पहिलो साताबाट आन्दोलन गर्ने निर्णय भएको तमलोपाका उपाध्यक्ष बृषेश चन्द्र लालले जनाएका छन् ।

बैठकमा आन्दोलनका स्वरुप बारे मोर्चाको सचिवालयले तयार पारेको रिपोर्टमा छलफल भएको थियो ।

लालका अनुसार मोर्चाले आन्दोलनको औपचारिक कार्यक्रम चैतको अन्तिम साता सार्वजनिक गर्नेछ ।

सचिवालयको रिपोर्टमा आन्दोलनको समिक्षा तथा आगामी कार्यक्रम बारे छलफल भएको थियो ।

बैठकबाट आन्दोलनको स्वरुप बारे तय भईसकेको छैन । केही दिनभित्रै आन्दोलनको स्वरुप तय हुने नेताहरुले बताएका छन् ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.