Rajendra Mahato_press
हुलाकी न्यूज, विराटनगर १८ चैत । सदभावना पार्टीको विस्तारित बैठकबाट आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ ।

विराटनगरमा चैत १५ गतेदेखि १७ गतेसम्म चलेको राष्ट्रिय कार्यसमितिको विस्तारित बैठकबाट सदभावनाले बैशाख ३ गतेबाट आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसअनरुप पार्टीले सदभावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको जन्मोत्सव र पार्टी स्थापना दिवसको अवसरमा बैशाख ३ गतेबाट सप्ताहव्यापी जनजागरण, कोणसभा, आन्दोलनको चित्र प्रदर्शन र सडक अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्नेछ ।

विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरुमा सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका मागहरुलाई नै अगाडि सारेको छ ।

सद्भावनाले १४ वटा जनवर्गीय संगठनहरुको महाधिवेशनको मिति पनि तय गरेको छ भने आगामी वर्ष चैत्र महिनामा पार्टीको छैठौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

Sadbhawana_1 Sadbhawana_2 Sadbhawana_3 Sadbhawana_4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.