हुलाकी न्यूज, काठमाडौं १८ चैत । विद्यालय व्यवस्थाप समितिको बैठकमा दुई जनाको हत्या गरेको अभियोग लागेका एमाले नेता योगनारायण यादव पक्राउ परेका छन् ।
आज(विहीबार) अदालतमा पेसी रहेकोले उनी उपस्थितिका लागि स्वयम् बुधबार पक्राउ परेको हो ।
उनी विरुद्वको मुद्वामा आज उनको पेशी रहेको छ । अदालतमा उपस्थित हुन आउने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको भनिएपनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका विश्वापत्र मध्येका एक यादवलाई मिलोमतोमै पक्राउ गरिएको एमाले कै नेताहरुको दाबी रहेको छ ।
पेशीको एक दिन पुर्व उनी पक्राउ पर्नु राजनितिक दाँउपेच रहेको र उनलाई राजनितिक संरक्षण रहेकाले कुनै कानुन नलाग्ने चर्चा जनकपुरसहितको क्षेत्रमा चल्न थालेको छ ।
फरार रहेको एक वर्षपछि एमालेको केन्द्रीय कार्यालयबाट पक्राउ पर्नु पनि उनीमाथि राजनीतिक संरक्षण रहेको प्रष्ट पारेको हो ।
यसअघि त्यही घटनाका आरोपित पार्टीका धनुषा जिल्ला सचिव लक्ष्मी नारायण यादवलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।
गत बर्ष चैत्त ८ गते धनुषाको सबैलामा स्थानिय विद्यालयको व्यवस्थापन समितीको चुनावको लागि भईरहेको बैठकमा तनाव उत्पन्न भएपछि झडप भएको थियो र उक्त झडपमा दुई जनाको मृत्यू भएको थियो ।
दुई जनाको मृत्यू पश्चात धनुषा प्रहरीको अनुसन्धानले यादब मुख्य आरोपी ठहर गरिए लगतै फरार भएका थिए । फरार भएको झण्डै एक बर्षपछि यादब पक्राउ परेको हो ।



