
हुलाकी न्यूज, मलंगवा १७ चैत । नेकपा एमालेका सांसद प्रमुख अथिति बनेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले नगरपरिषद विथोलेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिकाको पहिलो नगर परिषदमा एमाले सांसद हरि उप्रेती प्रमुख अतिथि बनेपछि मोर्चाले कार्यक्रम विथोलेको हो ।
सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित उप्रेतीलाई अतिथि बनाएका कारण मोर्चाले बुधबार ११ बजेदेखि हुने भनिएको नगरपरिषद विथोलेपछि स्थगित गरिएको छ ।
मधेश बिरोधी दलका नेता भन्दै मोर्चाले नगर परिषदको अतिथि मान्य नहुने भन्दै बिरोध गरेपछि परिषद् स्थागित भएको स्थानीय नेताहरुले बताएका छन् ।
एमाले र मधेशी मोर्चाबीचको बिवादले बुधबारका लागि तयारी गरिएको नगर परिषद बिहीबार गर्ने सहमति भएको बरहथवा नगरपालिकाका कार्यकारी अधिकृत राधेश्याम गिरी सञ्चारकर्मीहरुलाई बताए ।
राजनीति दलबाट अतिथि बनाउँदा बिवाद हुने भएपछि नगरपालिकाकै जेष्ठ नागरिकलाई अतिथि बनाएर बिहीबार ११ बजे नगर परिषद उद्घाटन गराउने राजनीति दलले सहमति गरेको हो ।
File : photo



