
हुलाकी न्यूज, बीरगञ्ज १७ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टी पर्सा जिल्लाका पूर्व अध्यक्ष संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
फोरम नेपालको पार्टी कार्यालय वीरगञ्जमा एक कार्यक्रमका बिच तमलोपाका पूर्व जिल्ला अध्यक्ष विनोद चौरसिया फोरममा प्रवेश गरेका हुन् ।
फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले चौरसियालाई पार्टी प्रवेश गराएको बताए । उनले अन्य नेता कार्यकर्ताहरु पनि फोरममा प्रवेश गर्न लागेको दाबी गरे ।
कार्यक्रममा फोरमका केन्द्रीय सदस्य बिरेन्द्र यादवसहित जिल्लाका नेताहरु नागेन्द्र यादव, जलसुदिन मुस्तफा र अरुण यादवलगायतको उपस्थिति रहेको थियो ।



