Sadbhawana_party
हुलाकी न्यूज, विराटनगर १७ चैत । सदभावना पार्टीको वर्गीय मञ्चहरुको महाधिवेशनका लागि मिति तय हुने भएको छ ।

१५ गतेदेखि सुरु भएको सदभावना पार्टीको राष्ट्रिय कार्य समितीको बिस्तारित बैठकमा आज तेस्रो दिन बिभिन्न १३ बर्गीय मञ्चको महाधिवेशनको तैयारी बैठक हुँदैछ ।

सबै बर्गीय मञ्चको छुटाछुटै भइरहेको बैठकमा समन्वयका निम्ति केन्द्रीय नेताहरूलाई बैठकले जिम्मेवारी तोकिएको छ ।

जसमा सदभावना युवा मंचमा राज कुमार गुप्ता, सदभावना मुस्लिम उत्थान मंचमा मिर्जा अरशद वेग, बिद्यार्थी मंचमा संतोष मेहता, सदभावना सांस्कृतिक उत्थान मंचमा अख्तर हुसेन, सदभावना थारू उत्थान मंचमा फोनिराम चौधरीलाई जिम्मेबारी दिइएको छ ।

त्यस्तै सदभावना दलित उत्थान मंचमा राजाराम पासवान, सदभावना महिला मंचमा सुरिता साह, सदभावना मजदुर मंचमा मनमोहन चौधरी, सदभावना उद्योग वाणिज्य मंचमा ओम प्रकाश गुल्जारी, सदभावना किसान मंचमा देवेन्द्र यादव, सदभावना बुद्धिजीवी मंचमा देवेन्द्र मिश्र, सदभावना आदिवासी जनजाति उत्थान मंचमा बिश्वनाथ सिंह राजवंशी र सदभावना शिक्षक मंचमा अरूण कुमार सिंहलाई सम्योजनको जिम्मेवारी तोकेको छ ।

पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार सबै बर्गीय मंचको छुटाछुटै हुने बैठकले सम्बन्धित बर्गीय मंचको संगठन सुध्रीढिकरण, संगठन बिस्तारको साथै गाउँरनगर, क्षेत्रीय, जिल्ला अधिवेशनको स्थान र मिति तय गर्नुका साथै सबै बर्गीय मंचको केन्द्रीय महाधिवेसनको मिति र स्थान पनि तय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.