
हुलाकी न्यूज, काठमाडौं १७ चैत । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को महाधिवेशनको मिति तय भएको छ ।
फोरम लोकतान्त्रिकले बैशाख २०, २१ र २२ गते विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको कार्यालय सचिव परमानन्द मेहताले हुलाकी न्यूजलाई बताए ।
मेहताका अनुसार विराटनगरको सहिद रंगशालामा उद्घाटन सत्र हुनेछ भने जैन भवनमा बन्द सत्र हुनेछ ।
अहिलेसम्म अधिकांश जिल्लाको प्रतिनिधि चय भईसकेको बताउँदै मेहताले महाधिवशेनमा २५ सयभन्दा अधिक प्रतिनिधि र ५ सयभन्दा अधिक परिवेक्षक रहने बताए ।
फोरम लोकतान्त्रिकको यो पहिलो महाधिवेशन हो ।



