Poolbarifmलखन चौधरी, टिकापुर १६ चैत । कैलालीको टीकापुरमा भदौ ७ र ८ गते भएको घटनामा तोडफोड र आगजनीबाट भएको क्षतिको प्राराम्भिक विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक कार्यक्रम मूल्यांकन समितिले तयार पारेको क्षति विवरण अनुसार आगजनी र तोडफोडबाट केही गैरथारुसहित ७६ जना थारुको व्यापार व्यवसाय र घरमा आगजनी र तोडफोड हुँदा करिब साढे नौ करोडभन्दा वढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यको संयोजकत्वमा गठित मूल्यांकन समितिले तयार पारेको विवरणमा रेशम चौधरीको दुई करोड ९० लाख २६ हजार ५० रुपैया, सांसद जनकराज चौधरीको ६२ लाख ६६ हजार रुपैया क्षति भएको उल्लेख गरिएको छ ।

यस्तै, निरु ट्रेडर्सले एक करोड २८ लाख ४० हजार नौं सय ७६ रुपैयाको क्षति भएको दाबी गरेको छ ।

थारुएनकेका अनुसार ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ सदस्य रहेको समितिले तयार पारेको विवरणमा प्रदीप चौधरीको एक करोड ९८ लाख ६४ हजार आठ सय ४०, भगतराम चौधरीको एक करोड २२ लाख ६१ हजार आठ सय ७७, चरण चौधरीको ४७ लाख एक हजार ६ सय २५, दुर्गौलीको पेट्रोल पम्पको २६ लाख पाँच हजार, गंगाराम जैशीको ७७ लाख ४७ हजार र धनीराम चौधरीको आठ हजार ७८ रुपैया क्षति भएको उल्लेख छ ।

त्यस्तै, थम्मन बमको ११ लाख २४ हजार आठ सय ६०, कृष्ण सुनारको २३ लाख ५८ हजार पाँच सय २०, महेश चौधरीको १४ लाख ५१ ह्जार, सुदेश्नी चौधरीको ५६ लाख ७९ हजार आठ सय १० रुपैया बराबरको क्षति भएको उल्लेख गरिएको छ ।

टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले संकलित विवरणमा छुटका कुरा परिमार्जन गरी जिल्ला प्रशासनमा बुझाउने बताए । कैलालीको टीकापुरमा थरुहट-थारुवान प्रदेशको माग गर्दै भएको आन्दोलन हिंसात्मक रुप लिदा भदौं ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकसहित ८ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.