Rupandehi_MRF
हुलाकी न्यूज, भैरहवा १६ चैत । रुपन्देहीको बेथरीमा राज्य पक्षबाट मारिएका र भैरहवामा गैरमधेशी समुदायद्वारा मारिएका सहिद परिवारहरुलाई मंगलबार सहयोग प्रदान गरिएको छ ।

मधेश रिलिफ फण्डको सहयोग र तराई मानव अधिकार रक्षक संजालको संयोजनमा रुपन्देहीका ६ जना सहिद परिवारलाई सहयोग प्रदान गरिएको छ ।

घटना स्थल बेथरी चोकमा एक कार्यक्रम गरी आर्थिक रुपले पिछडिएका ६ सहिद परिवारलाई जनही रु. २५ हजारको दरले सहयोग प्रदान गरिएको छ ।

रुपन्देहीको बेलहियामा भाद्र ३ गते र २९ गते बेथरीमा भएको घटनामा सहादत प्राप्त गरेका मध्ये आर्थिक रुपले बिपन्न रहेका रामेश्वर पासी, सुनिल यादव, शैलेन्द्र श्रीवास्तव, नन्दनी पाण्डेय, राज कुमार बरई र सहोवती मुरावका परिवारलाई सहयोग गरिएको हो ।

मधेश रिलिफ फन्डका संयोजक डा.कृष्णचन्द्र प्रसाद साहको उपस्थिति र संजालका क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्बेडकरको अध्यक्षतामा सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा मधेशी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, युवा नेता सन्तोष पाण्डेयको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.